ग्रेमी अवार्ड विजेता गायिका एडिलेको नयाँ गीत सुन्न नपाएका श्रोताको छटपटी अब मेटिने भएको छ । एडिलेले घोषणा गरेकी छन्, यस वर्षको अन्त्यसम्म जसरी पनि एउटा न एउटा नयाँ गीत ल्याउनेछु । लामो समयदेखि उनले कुनै नयाँ गीत गाएकी छैनन् । उनले भनिन्, ‘अबको यो गीत मैले आफैँले लेखेको हुनेछ ।’ यी गायिकाले आफू बियोन्से नोल्ससँग गाउन इच्छुक रहेको पनि एजेन्सीलाई सुनाइन् । ‘११ वर्षको उमेरदेखि नोल्सका गीत सुनेकी हुँ, साह्रै मन पर्छ ।’ नोल्सका पुराना गीतले आफूलाई गायनमा प्रेरित गरेको उनले खुलाइन् । एडिलेको नयाँ गीत वर्षको अन्त्यसम्म मिडियामा आउने भए पनि एल्बम बजारमा आउन भने दुई वर्ष लाग्ने एजेन्सीले उल्लेख गरेको छ । -एजेन्सी)
प्रतिक्रिया