इरानी सुन्दरीको धमाका

मुम्बईः पछिल्लो समयमा अन्य मुलुकबाट पनि बलिउडमा प्रवेश गर्ने युवायुवती बढेका छन् । विशेषतः बाहिरी मुलुकबाट आएका युवतीले बलिउडमा हंगामा मच्चाउदै आएका छन् ।
पछिल्लो चलचित्र एजेन्ट विनोदबाट बलिउड प्रवेश गरेकी इरानी सुन्दरी मरियन जाकारिया पनि अहिले सो चलचित्रमा गरेको हंगामेदार मुजरा नृत्यबाट चर्चामा आएकी छन् । अब उनको चर्चा फेरि पनि उचालिने भएको छ, अर्को चलचित्रमा उनी योभन्दा पनि दमदार नृत्यमार्फत प्रस्तुत हुदै छिन् । प्रभु देवाको निर्देशनमा बनेको राउडी राठौरमा उनी भारतीय लवजसाथ आइटम गीतमा देखिने भएकी हुन् । अक्षयकुमार नायक रहने यो चलचित्र तेलगु चलचित्र विक्रम राकुडुको रिमेक भर्सन हो । सञ्जयलीला भन्साली यसका निर्माता हुन् । (एजेन्सी)

प्रतिक्रिया