नेपालकी निसम फाइनलमा

काठमाडौँ : युक्रेनमा भइरहेको मिस हाई प्रतियोगिता २०१२ मा नेपालकी निसम श्रेष्ठ फाइनलसम्म पुग्न सफल भएकी छन् ।  युक्रेनको नेसनल एरोस्पेस युनिभर्सिटीमा अध्ययन गर्दै गर्दा उनी प्रतियोगितामा सामेल भएकी हुन् ।
युनिभर्सिटीबाट उनीसहित ३० प्रतियोगी छानिएका थिए  तर सर्ट लिस्टमार्फत त्यहाँबाट उनी मात्र फाइनल प्रवेश गर्न सकिन् ।
काठमाडौंकी श्रेष्ठ त्यहाँ इन्जिनियरिङको छैटां वर्षमा अध्ययन गरिरहेकी छन् । फाइनलमा उनले नृत्य, ट्यालेन्ट सो, वक्तृत्वकलालगायतमा खुबी देखाउनुपर्नेछ । अपि्रल १३ तारिखमा हुने फाइनलका लागि भोटिङ गर्न उनले सबैलाई अनुरोध गरेकी छन् । प्रतियोगिताको फाइनलमा उनीसहित लेबनान, इराक, चीनलगायतका मुलुकका सात सुन्दरी प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया