डिन्डाको घातक बलिङले पुने विजयी

मुम्बइ, २४ चैत । इन्डियन पि्रमियर लिग क्रिकेट प्रतियोगीतामा पुने वारियर्सले विजयी सुरुआत गरेको छ । शुक्रबार मुम्बइ इन्डियन्ससँग भएको खेलमा  पुने २९ रनले विजयी भयो । १ सय ३० रनको सामान्य  लक्ष्य पाएको मुम्बइले अशोक डिन्डाको धारिलो बलिङ सामु निरीह साबित हँदै नौ विकेटको क्षतिमा  १ सय रनमा सीमित भयो । मुम्बइलाई कम योगफलमा सीमित गर्ने क्रममा डिन्डाले सानदार बलिङ गरे । उनले चार  ओभरमा १७ रन मात्र खर्चेर चार विकेट लिए ।  डिन्डाले पहिलो ओभरमै अम्बाती रायडु र रोहित शर्माको महत्वपूर्ण विकेट लिए । उनले दोस्रो स्पेलमा जेम्स प|लिन र हरभजन सिंहको विकेट लिए ।
इनिङको दोस्रो बलमै रिचर्ड लेभीलाई आउट गरेका मुरली कात्तिकले पनि तीन ओभरमा १४  रन खर्चेर दुई र्र्विेट लिए । पाँच रनमा तेस्रो विकेट गुमाएको मुम्बइका जेम्स प|mान्कलिन  र दिनेश कार्त्तिकले सर्वाधिक ३२/३२ रन जोडे । दिनेश मुरलीको बलमा स्टम्पिङ भए । प|mान्कलिन भने डिन्डाको बलमापुल गर्ने प्रयासमा मिड विकेटमा क्यालुम फर्गुसनबाट क्याच आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले नौ विकेटको क्षतिमा १ सय २९ रन जोड्यो । पुनेका स्टेभन स्मिथले ३९ तथा रोबिन उथ्थपाले ३६ रन जोडे । पुनेको सुरुआत पनि अत्यन्त खराब  थियो । ओपनर मनीष  पाण्डे कुनै रन नजोडी लासिथ मालिंगाकेा बलमा बोल्ड भए भने सौरभ गांगेली तीन रन जोडेपछि हरभजन सिंहको बलमा आउट भए । सानदार बलिङ गरेका मालिंगाले चार ओभरमा १६ रन खर्चिँदै दुई विकेट लिए । यसै गरी मुनाफ पटेलले चार ओभरमा २६ रन खर्ची २६ रन लिए ।
एक दिनअघि भएको खेलमा दिल्ली डेयरडेभिल्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्‍यो । कोलकातालाई ९७ रनमा सीमित गरेको दिल्लीले ११.१ ओभरमा दुई विकेट गुमाउँदै १ सय रन जोड्यो । म्यान अफ द म्याच इरफान पठानले २० बलमा दुई चौका र तीन छक्काकेा सहयोगमा नटआउट रहँदै ४२ रन जोडे । एरोन्ज फिन्चले ३० तथा वीरेन्द्र सेहबागले २० रन जोडे । कोलाकातालाई कम योगफलमा सीमित गर्ने क्रममा मोर्ने मोर्कालले तीन ओभरमा १८ रन खर्चिंदै तीन विकेट लिए । उमेश यादवले दुई ओभरमा नौ रन खचिर्ंदै दुई तथा भान डे मोरेले दुई विकेट लिए । कोलाकाताका लक्ष्मी शुक्लाले सर्वाधिक २६ रन जोडे ।

प्रतिक्रिया