अमिताभको केटीमोह

अमिताभ बच्चनको अटोग्राफ लिन मरिहत्ते गर्नेहरु लाखौँ छन् तर, उनी स्वयं भने अमेरिकी गायक केटी पेरीको ‘अटोग्राफ’ लिन नपाएर छट्पटाइरहेका छन् । अमिताभले आफ्ना लागि नभई नातिनीका लागि केटीको अटोग्राफ खोजेका हुन् ।
आफ्नो ब्लगमा बिग बीले लेखेका छन्, ‘मेरी नातिनी केटीकी प्रशंसक छिन् । उनी केटीलाई असाध्यै मन पराउँछे र केटीको अटोग्राफ लिन चाहन्छे । नातिनीको इच्छा पुरा गर्ने मेरो प्रयास जारी  छ ।’
भारतीय सहर चेन्नाइमा हुने इन्डियन पि्रमियर लिग -आइपिएल) को पाँचांै संस्करणको उद्घाटन समारोहमा प्रस्तुति दिन आएकी केटी अहिले भारतमै छिन् उनको भारतमा प्रस्तुति दिएको यो पहिलो पटक हो । लिग उद्घाटन कार्यक्रममा अमिताभले समेत कविता वाचन गरेका थिए । कविता वाचन सकेपछि उनले यसअघि केटीबारे आफूले कहिल्यै नसुनेको प्रस्ट पारेका थिए ।

प्रतिक्रिया