पाकिस्तानी फिल्ममा नसिरुद्दिन

पाकिस्तानका स्थापित अभिनेता तथा सङ्गीतकर्मी बलिउडमा स्थान बनाउने प्रयासमा लागेका बेला बलिउडमा सर्वत्र सम्मान गरिएका फिल्मकर्मी नसिरुद्दिन शाहले एउटा पाकिस्तानी फिल्ममा अभिनय सिध्याएका छन् । विदेशमा मस्ती गरेर जीवन गुजार्न चाहने युवाको कहानीमाथि बनाइएको फिल्ममा उनले काम गरेका हुन् ।
अभिनय गर्नेबाहेक उनले फिल्मका युवा कलाकारका लागि पाकिस्तानी सहर लाहोरमा कार्यशाला समेत गरे । कार्यशालामा सहभागी हुन गत महिना उनी लाहोर पुगेका थिए ।
मिडियाको भिडबाट नसिरुद्दिनलाई जोगाउन निर्माताले उनको पाकिस्तान भ्रमणलाई गोप्य राखेका थिए । ६१ वषर्य नसिरुद्दिनले पाकिस्तानी फिल्ममा काम गरेको यो पहिलो पटक होइन । यसअघि सन् २००७ मा उनले ‘खुदा’ नामक पाकिस्तानी फिल्ममा अभिनय गरेका थिए । ‘चमत्कार’, ‘वेडनस्डे’, ‘इस्कियाँ’, ‘चाइना गेट’, ‘सुट अन साइट’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका नसिरुद्दिन भारतका सबैभन्दा सम्मानित कलाकारमध्ये एक हुन् ।

प्रतिक्रिया