सबैलाई उछिन्ने रहर

नयाँ चलचित्र ज्याकपट बजारमा आउँदा यसले एक नयाँ अनुहारले डेब्यु गर्नेछन् । जसको नाम हो नीराजन प्रधान । चलचित्रमा रहेका चार नायकको मुख्य भूमिकामध्ये एउटामा उनी देखिनेछन् ।
अहिलेको अवधिसम्म चिन्नेहरूले उनलाई म्युजिक भिडियो एवं मोडलिङ सोहरूमा मात्रै देखेका होलान् । अमितविक्रम थापाको रुद्राक्ष एल्बममा रहेको प्लिज नगर गीतले उनलाई म्युजिक भिडियो अभिनयको ढोका खोलिदिएको थियो । त्यसपछि धरानकै बजारमा बोलको गीतको म्युजिक भिडियो पनि उनलाई खोज्दै आइपुग्यो । काठमाडौंमा संघर्षका पाइला चाल्दै गरेका तनहुँका यी ठिटा उमेरले २६ वर्ष भए । अध्ययनका नाममा १२ पास गरेका छन् । उनको लक्ष्य हो, मोडलिङ एवं अभिनयमा जम्नु । स्थापित भइसकेकाहरूलाई पनि उछिन्न सक्ने हुनु । यिनले बुझेका छन्, त्यसका लागि अभिनय, नृत्य अनि अरू क्षमता पनि अब्बल बनाउनुपर्छ । भन्छन्, ‘त्यसैले त सबै कुरा छाडेर यसमै मेहनत गरिरहेछु ।’

प्रतिक्रिया