अफिरकनसँग थ्रीस्टार टाइब्रेकरमा चुक्यो


विराटनगर, २३ चैत । तीन खेलाडीले टाइब्रेकरमा गोल गर्न नसकेपछि मेघा थ्रीस्टार क्लब प्रथम विराट गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ ।
विराटनगरमा जारी प्रथम विराट गोल्डकप फुटबलको बिहीबार सम्पन्न खेलमा अपि|mकन युनाइटेड क्लबसँग सडनडेथमा ५-४ गोलअन्तरले पराजित भएपछि थ्रीस्टार बाहिरिएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय र अतिरिक्त २० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमा भएको हो ।
सात पेनाल्टी प्रहारमा थ्रीस्टारका अनिल ओझा, सविन श्रेष्ठ, विराज महर्जन र सन्तोष साहुखलले गोल गरे । उनीहरूको प्रहार अपि|mकन गोलरक्षक इजेले पत्तै पाउन सकेनन् । विजय धिमालको प्रहारलाई अपि|mकन गोलकिपर इजेले बचाउ गरेका थिए । थ्रीस्टार टोलीमा रहेकामा पेनाल्टी प्रहारमा राम्रो मानिएका विक्रम लामा र रवि थापाको प्रहार गोलपोस्टबाहिर गएको थियो ।
अपि|mकन युनाइटेडका पडरिक, डाडोज, माम्वो, पालउमोरी र इदि्रसको प्रहार गोलमा परिणत भयो । दुईजनाको प्रहारलाई थ्रीस्टारका गोलकिपर किरण चेम्जोङले चलाखीपूर्वक बचाउ गर्न सफल भएका थिए । अपि|mकनका प्रशिक्षक ओसाले भाग्यको साथले आफ्नो टिम जित्न सफल भएको बताए र भने, ‘गड इज गड,’ जितको श्रेय ईश्वरलाई दिंदै उनले भने ।
इन्जुरी समयमा असिमजंग कार्कीको प्रहार साइडबारमा लाग्नु थ्रीस्टारको दुर्भाग्य बनेको थियो । दोस्रो हाफमै असिमको राम्रो प्रहार अपि|mकन युनाइटेडका गोलरक्षक बसिरले बचाएका थिए । विजय धिमालले बायाँ फ्लान्कबाट राम्रो क्रस गर्दै थ्रीस्टारका लागि केही राम्रा अवसर सृजना गरे पनि फरवार्डहरू गोल गर्न असमर्थ रहेका थिए । नियमित समयमै इदि्रसको डरलाग्दो प्रहार बचाएर गोलरक्षक किरण चेम्जोङले थ्रीस्टारको संकट टारेका थिए । कप्तान विषन गौचनको अनुपस्थितिमा खेलेको थ्रीस्टार पहिलो हाफमा कमजोर रहेको थियो ।
उक्त खेलमा थ्रीस्टारका अनिल ओझा र सन्तोष साहुखलले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर गुमाए । दोस्रो हाफको १८औं र २२औं मिनेटमा थ्रीस्टारका खेलाडीले गरेको प्रहार अपिकन गोलकिपर इजेले उत्कृष्ट ढंगले बचाउ गरे । इजे कालिन्स घाइते भएपछि अपिकनको खेल खस्किएको थियो ।
यस्तै अपि|mकन टिमका खेलाडीले पनि पटक-पटक गोल गर्ने अवसर गुमाएका थिए । उनीहरूको प्रहारलाई थ्रीस्टारका गोलकिपर किरण चेम्जोङ बचाउ गर्न सफल भएका थिए । खेल अवधिभर अपिकन टोलीका किपरसहित ५ जना खेलाडीले पहेंलो कार्ड पाएका थिए । फाइनल खेल शनिबार यति हिमालय शेर्पा क्लब र अपि|mकन युनाइटेड क्लब नाइजेरियाबीच हुनेछ । बिहीबार पराजित टोलीका विजय धिमाल म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया