अनुशासन आवश्यक तत्व

अनुशासनलाई मानव सभ्यता र विकासको एक प्रमुख सूचकका रूपमा लिइन्छ । अनुशासनविना कुनै पनि क्षेत्र वा संघसंगठनको चौतर्फी विकासको आधार अकल्पनीय छ । अझ अनुशासन र विद्यालयबीचको सम्बन्धलाई नङ र मासुको सम्बन्धका रूपमा तुलना गर्दा बढी न्यायोचित होला । किनभने विद्यालय आफै“मा एक सानो समाज हो, जहा विविध पृष्ठभूमि बोकेका बालबालिका आ–आङ्खनो सुनौलो भविष्य कोरिरहेका हुन्छन् । यसका निमित्त विद्यालयले प्रत्येक कक्षाकोठाको अनुशासनलाई एक अपरिहार्य गुणका रूपमा विकास गर्न सक्नुपर्छ ।
यद्यपि कक्षाकोठाको अनुशासनलाई शब्दमा परिभाषित गर्न मुस्किल हुन्छ । यसले कक्षाकोठाको त्यस्तो आन्तरिक अवस्थालाई बुझाउछ जसमा शिक्षक र विद्यार्थी दुवै निश्चित मापदण्डलाई स्वस्फूर्त स्वीकार गर्न तत्पर देखिन्छन्, जसले गर्दा संरचनात्मक समस्या र अस्वाभाविक परिस्थितिको सम्भाव्य कठिनाइलाई न्यूनीकरण गर्न टेवा पुग्छ । त्यसैले यहा अनुशासन र सिकाइबीचको सम्बन्धलाई एक महतत्वपूर्ण प्रसंगका रूपमा कोट्याउदा अत्यन्तै मुनासिव हुनेछ । अनुशासन कुनै पनि सहज, सरल र अर्थपूर्ण सिकाइको पूर्वाधारको एउटा नभई नहुने कडी हो । तसर्थ अनुशासन कक्षाकोठाको एक अभिन्न अंश हो । अनुशासन र यसको व्यवस्थापन एक अर्काका परिपूरक हुन् । कक्षाकोठामा अनुशासनलाई सहीरूपमा कायम राख्नु हरेक शिक्षकका लागि निःसन्देह रूपमा कठिन र चुनौतीपूर्ण कार्य हो । किनकि अनुशासनको व्यवस्थापनका लागि अपनाइने रणनीति शिक्षकपिच्छे फरक–फरक छन् । तथापि उचित र प्रभावकारी शिक्षण सिकाइका लागि अपनाइनुपर्ने केही नभइनहुने तत्व छन्, जसको उचित उपयोगले कुनै पनि कक्षाकोठाको वातावरणलाई बढी अनुशासित तथा मर्यादित बनाउन सकिन्छ । उदाहरणका लागि हामी कक्षाकोठाको व्यवस्थापनलाई एक अपरिहार्य तत्वका रूपमा लिन सक्छौ जसले कक्षाकोठामा शिक्षकले पठनपाठन गराउदा अपनाउनुपर्ने विभिन्न प्रक्रियालाई सम्बोधन गर्छ । यसर्थ अनुशासनको सुनिश्चितताका लागि कक्षाकोठाको व्यवस्थापनलाई उचितरूपले ख्याल गरिनुपर्छ ।
कक्षाकोठाको व्यवस्थापनले कक्षाकोठाको निहित वातावरणको उपयुक्ततालाई मात्र नझल्काई यसले विद्यार्थीलाई कक्षाकोठामा कसरी व्यवस्थित गरी राखिएको छ, शिक्षकले कुन–कुन शिक्षणविधि तथा प्रक्रियालाई अनुसरण गरी आङ्खनो अध्यापन कार्यलाई अगाडि बढाएका छन्, आदि जस्ता गम्भीर मुद्दालाई प्रतिविम्बित गर्दछ । त्यसैगरी कक्षाकोठाको व्यवस्थापनभित्र कक्षाकोठाको भौतिक संरचना पनि पर्ने हुनाले तिनको उचित बन्दोबस्त गरिनु एक फलदायी कार्य हुनेछ । शिक्षकको निर्देशनात्मक भूमिकाले कक्षाकोठाको वातावरणलाई सधै“ अनुशासित बनाउने हुदा कुनै पनि शिक्षण सिकाइ क्रियाकलापमा शिक्षकको जिम्मेवारी गहन रहन्छ । त्यसैले कक्षाकोठा शिक्षकको नियन्त्रणमा राखिनुपर्ने मान्यतालाई आधुनिक शिक्षा प्रणालीमा पनि स्पष्ट स्थान दिइएको पाइन्छ । तर, यसको अर्थ यो होइन कि सम्पूर्ण शिक्षणविधि शिक्षक केन्द्रित नै हुनुपर्छ । साथै कुनै पनि अनुशासित कक्षाकोठाको वातावरणलाई नियन्त्रण गर्ने उत्तरदायितत्व हरेक शिक्षकमा निहित भए तापनि अधिनायकवादबाट प्रोत्साहित हुन सक्ने सम्भावनालाई निरुत्साही गरिनु आजको व्यावहारिक तथा बालकेन्द्रित शिक्षा प्रणालीको विकसित उपज हो । उत्प्रेरणा एक त्यस्तो कारक तत्व हो, जसले कक्षाकोठाको अनुशासनलाई कायम राख्न मद्दत पुर्‍याउछ । जबसम्म विद्यार्थीहरू सिकाइप्रति आफै तत्पर रहदैनन्, तबसम्म अनुशासित कक्षाकोठाको परिकल्पना पनि गर्न सकि“दैन । त्यसैले कक्षाकोठामा त्यस्ता शैक्षिक क्रियाकलापद्वारा पठनपाठन गरिनुपर्छ जसले विद्यार्थीलाई सिकाइप्रति प्रेरित गरोस् । यसका लागि उत्प्रेरणाको विकासलाई नकार्न सकिन्न जुन भाषासम्बन्धी विभिन्न खेल, जस्तैः शब्दजाल, हाजिरीजवाफ, अन्ताक्षरी, कोठेपद, संवाद, नाटक, अन्तर्वार्ता आदिको समुचित विकासद्वारा सम्भव छ ।
कुनै पनि शिक्षण कार्य असल पाठयोजनाविना सम्भव छैन । पाठयोजना शिक्षकको त्यस्तो दैनिक कार्य योजना हो, जसले शिक्षकलाई सही मार्गमा हि“ड्न निर्देशित गर्छ । त्यसैले कक्षाकोठामा अधिकतम अनुशासनको विकास गर्न हरेक शिक्षण क्रियाकलापलाई पाठयोजनाअनुसार अनुसरण गरिनुपर्छ । किनभने अनुशासित कक्षाकोठाको विशेषता भनेको शिक्षण सिकाइ क्रियाकलापलाई सहज तथा सरल ढंगले अघि बढाउनु हो । तसर्थ कक्षाकोठामा अधिकतम अनुशासनको विकास गर्न हरेक शिक्षण क्रियाकलापलाई योजनाबद्ध ढंगले प्रस्तुत गर्नुपर्छ । अन्त्यमा कक्षाकोठामा अनुशासनलाई कायम राख्नका लागि हरेक शिक्षकले सम्पूर्ण सम्भाव्य रणनीति तथा कारक तत्वलाई अपनाउनु पर्छ, जसबाट विद्यार्थीले आङ्खनो सुषुप्त अवस्थामा रहेको अन्तर्निहित खुबीलाई प्रस्फुटन गर्न सकून् ।

प्रतिक्रिया