नेटमा शक्तिद्वारा द्रविड क्लिन बोल्ड

नयादिल्लीः ‘शक्ति तिमी यता आउ । साथी हो, यिनी नेपालबाट आएका शक्ति हुन् । उनीसग परिचय गर्नुस् । यिनले क्याम्पमा निकै राम्रो प्रदर्शन गरिरहेका छन् । ताली बजाउ सबैले उनका लागि, राजस्थान रोयल्सका कप्तान राहुल द्रविडले जब यसरी शक्तिको प्रशंसा गरे, शक्ति खुसीले गदगद भए ।
उक्त क्षणमा शक्तिले दैनिक भास्करसगको कुराकानीमा खुसी बाडे, ‘म द्रविडदेखि करिब १० मिटर टाढा थिए । जब मैले अभ्यास खेलमा एक खेलाडीलाई रनआउट गरें, द्रविडले मलाई बोलाए । तर, मलाई सुरुमा अप्ठ्यारो भयो किनभने द्रविडसग अस्ट्रेलियाका ब्राड हज र सन टेट पनि थिए । द्रविडले सबैसग मलाई भेट गराए । द्रविडले मेरो प्रशंसा गरेपछि आइपिएलमा आउनुको सफलता महसुस गरें ।’
शक्तिले आङ्खनो बलिङ प्रदर्शनबाट द्रविडलाई प्रभावित तुल्याएका थिए । भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा प्रभावशाली प्रदर्शन गरेका शक्तिले नेट अभ्यासमा द्रविडलाई ‘क्लिन बोल्ड’ गरेका थिए । त्यस्तै दुईपटक हजलाई पनि शक्तिले एलबिडब्लूद्वारा सिकार बनाएका थिए ।
आइपिएलमा यो छोटो अनुभवबारे २९ वर्षीय शक्तिले भने, ‘जब मैले द्रविडको विकेट लिए, त्यसपछि खुसी मनाउन चाहन्थें । तर, यो नेट अभ्यास थियो त्यसैले आफूलाई संयमित बनाए ।’
केही साताअघि दुबईमा सम्पन्न आइसिसी टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा शक्तिले डेनमार्कविरुद्ध ह्याट्रिक गरेका थिए । शक्ति बुधबारदेखि सुरु हुने पा“चांै आइपिएलमा भने खेल्न नपाउने सो क्लबले जनाइसकेको छ । केही दिनअघि मात्र राजस्थान रोयल्सले शक्तिलाई ट्रायलका लागि बोलाएको थियो । (एजेन्सी)

प्रतिक्रिया