आयुषको प्रश्न अरुणिमाको उत्तर

अरुणिमा लम्साल, नायिका

आयुष- आमा बनिसकेपछि नायिका खेल्न सहज होला कि नहोला ?
अरुणिमा- आमा बनेपछि होस् वा विवाहपहिला, नायिका खेल्न कहिल्यै सहज छैन । तर, नायिकाका रूपमा स्थापित भइसकेपछि आमा बनेका कारण उति धेरै असहज नहोला कि भन्ने छ । जबसम्म बच्चा हेरिदिन परिवारको सपोर्ट हुन्छ, केही सजिलै होला ।
आयुष-तपाईंले नेपाली चलचित्रको लेखनसमेत गर्नुभयो । निर्देशन पनि गर्ने हल्ला चलेको थियो, त्यो कहा पुग्यो ?
अरुणिमा- निर्देशन गर्न अभिनय जति सजिलो छैन । मुख्य सहायकका भरमा अरूले जस्तो गर्ने भए पहिल्यै निर्देशक भइसक्थे । मैले अहिल्यै निर्देशनमा हात हाल्ने बेला भएजस्तो लाग्दैन । पहिला निर्देशन पढ्छु, अनि मात्र गर्छु । धेरै वर्ष बाकी छ ।
आयुष-नायिकाको चार्मिङ विवाहअगाडि बढी कि पछाडि ?
अरुणिमा- विवाहले होइन, फरक पार्ने अभिनयले हो । दर्शक तान्ने अभिनयले हो । निर्माता–निर्देशकले चलचित्र दिएसम्म विवाहले फरक पर्दैन ।
आयुष-राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ ?
अरुणिमा- मलाई राजनीतिमा त्यति चासो छैन । यो नचाहिदो खेल हो ।
आयुष- जीवनभर कलाकारिता नै गर्ने सोच छ कि अरू पनि केही गर्ने ?
अरुणिमा- अभिनय जबसम्म गर्छु तबसम्म निर्माता–निर्देशकले मलाई चलचित्र दिनुहुन्छ । चाहे त्यो बूढी भएको अवस्थामै किन नहोस् ।
आयुष-कुन नायकसग कस्तो चलचित्रमा रोमान्स गर्ने इच्छा छ ?
अरुणिमा- मलाई नायक अनुप बरालसग अभिनय गर्ने इच्छा छ । चलचित्रका लागि रोमान्स भनेको त जुन नायकसग जुनमा खेल्यो त्यही त हुने गर्छ नि †

आयुष रिजाल, नायक

प्रतिक्रिया