जोकोभिकलाई तेस्रोपटक

की बिस्केन, २० चैत । विश्व नम्बर एक नोभाक जोकोभिकले तेस्रोपटक सोनी एरिक्सन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार राति बेलायती नम्बर एक एन्डी मरेलाई सोझो सेटमा हराउँदै सर्वियन स्टार जोकोभिक आन्द्रे आगासीपछि यो प्रतियोगिता धेरैपटक जित्ने दोस्रो खेलाडी बने । यसअघि अमेरिकी आगासीले ६ पटक यो प्रतियोगिताको उपाधि जितेका थिए । गत वर्ष ९०-८ को स्थितिमा रहेका जोकोभिकले यस वर्ष २२ खेलमध्ये दुईमा मात्रै हार व्यहोरेका छन् । मरेविरुद्धको खेलमा जोकोभिक ६-१ र ७-६ ले विजयी भएका हुन् ।

प्रतिक्रिया