प्रशान्त र जेनिसा फेरि सँगै

काठमाडौँ : ओम शान्ति ओमको छायांकन सकिएको केही समय नबित्दै सो चलचित्रका नायक-नायिका प्रशान्त गिरी र जेनिसा केसीको जोडी अर्को चलचित्रमा पनि बाँधिने भएको छ ।
आगामी चलचित्र थ्यांक युमा उनीहरूको फिल्मी रोमान्स देखिने भएको हो । हालै उनीहरू सो चलचित्रमा अनुबन्धित भएका छन् । अभिनय, द्वन्द्व, नृत्यको औपचारिक प्रशिक्षणपछि चलचित्र-यात्रामा होमिएका प्रशान्तका चलचित्र त्यति धेरै छैनन्, म्युजिक भिडियो भने दर्जनौँ गरिसकेका छन् । अभिनय जीवनको लक्ष्य भएकाले कलाकारितामा होमिएको बताउने प्रशान्त सफल नायकका रूपमा चिनिन चाहन्छन् । बनेपाका २२ वर्षीय प्रशान्त आफू जस्तोसुकै भूमिका निर्वाह गर्न सक्ष्म रहेको दाबी गर्छन् । विभिन्न टेलिभिजन विज्ञापनमा समेत छाइसकेका उनले चलचित्र क्षेत्रमा आउनासाथ यस्तो देखेछन्- ‘कलाकारितामा पैसा र चाकडीले प्राथमिकता पाउँदो रहेछ ।’

प्रतिक्रिया