पुस्तकमा बैंकरका अनुभूति

काठमाडौः कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहद्वारा लिखित ‘एक
बैंकरः व्यावस्थापकीय अनुभव तथा अनुभूति’ पुस्तक सार्वजनिक भएको छ । हालै राजधानीमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले पुस्तक सार्वजनिक
गरेका हुन् ।
लेखक शाहले सो पुस्तकमा आफूले बैंकिङ क्षेत्रमा हासिल गरेको अनुभवलाई शंखलाबद्ध रूपमा उल्लेख गरेको जानकारी गराए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाह, लेखक सञ्जीव उप्रेती, साहित्यकार कृष्ण धरावासी, पूर्वगभर्नर हिमालयशम्शेर राणालगायतको उपस्थिति थयो ।

प्रतिक्रिया