फोटो प्रतियोगिता हुने

काठमाडौं, फोटो जर्नालिस्ट क्लब (पिजेक्लब)ले फोटो प्रतियोगिता तथा प्रदर्शनी गर्ने भएको छ । मेगा बैंकको मुख्य प्रायोजन तथा युबक्सको सहयोगमा क्लबले आगामी वैशाखमा विभिन्न पा“च विधामा प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा टुरिज्म, वाइल्डलाइफ एन्ड नेचर, डेलिलाइफ, न्युजफोटो र फोटो स्टोरी गरी पा“च विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट उत्कृष्ट छानिएका एक सय ५० फोटोलाई २९ वैशाखदेखि २ जेठसम्म बबरमहलको आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिने विज्ञप्तिमा जनाइएको छ । (सौस)

प्रतिक्रिया