हेजलले रविकिसनलाई लठ्याउने

एजेन्सी: बि्रटिस मोडल हेजल र भोजपुरी चलचित्रका सुपरस्टार रविकिसनको जोडी बाँधिने भएको छ । यी भारतीय चटपटे नायक र गोरी सुन्दरीको जोडी वास्तविक जीवनमा होइन, बलिउड चलचित्र जिना हे तो ठोक डालमा जम्ने भएको हो ।
सो चलचित्रमा यी अंग्रेज सुन्दरीले सारीमा सजिएर आफ्नो सौन्दर्यमार्फत रविकिसनलाई लठ्याउन अनेकौं फिल्मी हर्कत गर्ने चर्चा एजेन्सीले गरेको छ । चलचित्रका लागि सारी पहिरिएर उनले गर्ने एउटा गीतको नृत्यले नब्बेआँ दशकको बेटा चलचित्रको धकधक कर्ने लगा गीतलाई पनि पछि पार्ने चर्चा बलिउडमा चुलिएको छ । उक्त गीतमा नायिका माधुरी दीक्षितले सारी पहिरिएर उत्तेजक नृत्य प्रस्तुत गरेकी थिइन् । यसअघि पनि हेजलले मेरा पहला-पहला प्यार, यु मी और हम र नाजाने क्यु चलचित्रमा अभिनय गरिसकेकी छन् । मनीष वात्सल्यको निर्देशन रहेको जिना हे तो ठोक डालमा समेटिएको अपराधसम्बन्धी कथाले बिहारको बदलिँदो परिस्थितिलाई चित्रण गरेको एजेन्सीले उल्लेख गरेको छ ।

प्रतिक्रिया