कैलाली, १७ वैशाख । कैलाली जिल्लामा २० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रामशिखर झाला–१ बस्ने ५० बर्षीय लालबहादुर बटालालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई कारबाही प्रक्रिया सुरु गरेको समेत प्रहरीले उल्लेख गरको छ ।
बटालाले शनिबार बेलुका स्थानीय २० बर्षीया महिलालाई जवरजस्ती करणी गरेका थिए । प्रहरीले पीडित महिलाको सेती अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण समेत गराएको छ ।
स्वास्थ्य परिक्षणबाट ती महिलालाई वटालाले जवर्जस्ती करणी गरेको देखिएको छ ।
प्रतिक्रिया