हेटौंडा सिमेन्टको धुलो नियन्त्रणमा ढिलाइ

राजन दाहाल

हेटौंडा,७ वैशाख । हेटौँडा सिमेन्टको धुलो नियन्त्रण गर्ने संयन्त्रको काममा ढिलाइ भएको छ । पाँच महिनामा निर्माण गरिसक्ने भन्दै उद्योगमा थालिएको धुलो नियन्त्रणको काम २० महिनासम्म पूरा हुन सकेको छैन ।
उद्योगबाट निस्किएको धुलोले उद्योग क्षेत्रका स्थानीय बासिन्दालाई असर पुर्‍याएको भन्दै २०६७ साउनमा रिभर्स एयर ब्याग हाउस सिस्टम निर्माण थालेको लामो समयसम्म सिभिलको काम सकिएको छैन ।
निर्माण पक्षले उद्योगका कारण ढिला भएको जनाएको छ । उद्योगले सम्झौता भन्दा बाहिरको अर्को कन्सल्ट्यान्ट राखेर काममा अझै ढिलाइ गरिदिएको आरोप ठेकेदार पक्षले लगाउँदै आाएको छ  ।
ठेकेदार कम्पनीका नेपाल प्रतिनिधि राजु पन्तले उद्योगले कमिसनको खेलमा काम गरेकाले दुई करोड भारतीय रुपियाँ नदिँदा समस्या देखिएको बताए ।
उनका अनुसार उद्योगले प्लान्टका लागि आवश्यक पर्ने सामान किन्न आफूले भनेको ठाउँमा लगाएको र सामान त्यही ठाउँमा किन्दा पनि सामान चाँडो नआएको भन्दै उद्योगले ठेक्का सम्झौतापछि भारतको होलमार्क कम्पनीलाई ठेकेदारले बनाएको नक्साको अध्ययनका लागि नियुक्त गरेर काममा समस्या आएको उनले बताए ।
निर्माण कम्पनी ब्याट्ली ब्वायलाई आरबिएचको डुइङ दिनका लागि एक वर्ष लगाएको निर्माण कम्पनीले जनाएको छ । डुइङ पाँच महिना पहिला मात्र दिएको पन्थले जानकारी दिए । उद्योगका कामु महाप्रबन्धक राजाराम अधिकारीले उद्योगसँग ठेकेदारले निर्माणका क्रममा बनाएको नक्साको अध्ययन गर्ने इन्जिनियर नहँुदा भारतीय अर्को कम्पनीको सहयोग लिनुपरेको वताए । उद्योगका कारण पनि काममा समस्या आएको भन्दै अधिकारीलेअब निर्माण कम्पनीलाई म्याद थप गर्दै काममा लगाउनुपर्नेमा जोड दिए ।
‘पाँच महिनामा धुलो नियन्त्रण गछुर््’ भन्दै काम थालेको उद्योगले अहिलेसम्म काम गर्न नसक्दा धुलो प्रभावित पदमपोखरी, चुरियामाई र हेटाँ- ८ र ९का जनता धुलोमा बस्न बाध्य छन् । उद्योगले हाल दैनिक पाँच टन धुलो सिमेन्ट फ्याँक्दै आएको छ । चाँडो आरबिएच प्रविधि जडान भएमा बाहिर फ्यँाकिएको धुलो सिमेन्ट सञ्चित हुने र प्रविधि जडानका लागि लाग्ने करिब १२ करोड रुपियाँ ६ महिनामा संकलन हुने विश्वास उद्योगले लिएको छ ।

प्रतिक्रिया