एफए कप उपाधि भिडन्त लिभरपुल र चेल्सीबीच

लन्डनः इङल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपको उपाधिका लागि लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार राति घरेलु मैदान वेम्बलीमा भएको अन्तिम चारको भिडन्तमा लन्डन टोली टोटेनहयामलाई ५-१ ले पराजित गरी चेल्सीले लिभरपुलसँगको भिडन्त तय गरेको हो । सेमिफाइनलको अर्को भिडन्तमा दुई दिनअघि मात्र लिभरपुलले एभर्टनको चुनौती पन्छाएको थियो ।
चेल्सीले टोटेनहयामविरुद्ध सहज जित निकाले पनि यो खेल विवादमुक्त भने रहेन । ४९औं मिनेटमा जुआन माटाले गरेको प्रहार गोललाइन ‘क्रस’ नभई रेप|mीले गोल दिएपछि त्यसले विवाद उत्पन्न गराएको थियो । रिप्लेमा हेर्दा सो बल गोललाइन क्रस भएको नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस गोलसँगै चेल्सीले अग्रता दोब्बर बनाएको थियो । माटाका अतिरिक्त डिडियर ड्रोग्बा, रेमिरेज, प|mान्क लाम्पार्ड र फ्लोरेन्ट मालौडाले थप गोल गरेका थिए । ५६औं मिनेटमा गरेथ बेलको गोलमार्फत आर्सनलले खेललाई २-१ मा ल्याइपुर्‍याए पनि त्यसपछि भने गोल गर्न सकेन ।
‘हाम्रा लागि दोस्रो गोल प्रकोपजस्तै बन्यो,’ खेलपछि टोटेनहयामका प्रशिक्षक हेरी रेडन्यापले भने, ‘त्यो गोल रेप|mी मार्टिन एटकिन्सनबाट भएको इमानदार गल्ती हो ।’ दोस्रो गोल खाएपछि अन्तिम २० मिनेट आफ्ना सबै खेलाडी आक्रामक खेल खेल्नुपर्ने स्थितिमा पुगेको र त्यसैकारण धेरै गोल खाएको रेडन्यापको भनाइ थियो । रेप एटकिन्सनले लाइन्सम्यानको सहायताविना नै सो गोल घोषणा गरेका थिए ।
गोललाइन प्रविधि परीक्षण यसै महिनादेखि फुटबलमा गोलविवाद कम गर्न फिफाले गोललाइन प्रविधि ल्याउने तयारी गरिरहँदा पुनः एकपटक एउटा प्रतिष्ठित फुटबल भिडन्तमा गोल विवाद देखियो । एफए कपको सेमिफाइनलमा भिडेका टोटेनहयाम र चेल्सीबीच एक गोल गोललाइन नै क्रस नभई रेप|mीले घोषणा गरेपछि विवाद आएको हो । गोललाइन प्रविधि कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) ले त्यसलाई यसै महिनादेखि दोस्रो चरणको परीक्षण गर्ने भएको छ ।
फिफाको नियम बनाउने निकायले केही महिनाअघि मात्र दुईवटा गोललाइन प्रविधि पारित गरेको थियो । यस विषयमा २ जुलाईमा फिफाले अन्तिम निर्णय गर्ने जनाइएको छ । ‘अपि्रलको अन्त्यतिरदेखि दोस्रो चरणको परीक्षण सुरु हुनेछ,’ फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया