महमुदले पाए भारतीय भिसा

चण्डीगढ, २ वैशाख । पाकिस्तानका पूर्वअलराउन्डर अजर महमुदले इन्डियन पि्रमियर लिग -आइपिएल) क्रिकेट प्रतियोगिताका लागि भारतको भिसा -प्रवेशाज्ञा) पाएका छन् । तर, क्रिकेटसम्बन्धी अनलाइन इएसपिएन क्रिकइन्फोले चण्डीगढ र दिल्लीका लागि मात्र सो भिसा लागू हुने जनाएको छ । किङस इलेभन पन्जाबका लागि खेल्न उनी शनिबार भारत आए तर उनी घरेलु मैदान मोहालीमा हुने पाँच खेल र दिल्लीमा हुने एक खेलमा मात्र उपलब्ध हुने जनाइएको छ ।
हाल बेलायती नागरिक रहेका महमुद त्यहाँको क्रिकेट क्लब केन्टका लागि खेल्ने गर्छन् । गत फेबु्रअरीमा मात्र उनलाई पन्जाबले दुई लाख अमेरिकी डलरमा भित्र्याएको थियो । आइपिएल्को जारी सिजनमा सुरुआतबाटै खेल्ने अपेक्षा गरिएका महमुदले भिसा पाउनमा ढिलाइ भएका कारण सुरुका तीन खेल गुमाइसकेका छन् ।
इङल्यान्डका अलराउन्डर स्टुवार्ट ब्रड चोटका कारण खेल्न नसक्ने भएपछि समस्याग्रस्त बनेको पन्जाबका लागि महमुदको उपस्थितिले बलियो साथ दिने अनुमान गरिएको छ ।
पुने वारियर्ससँगको खेलपछि बिहीबार मात्र पन्जाबका कप्तान एडम गिलक्रिस्टले महमुद अर्को खेलमा उपलब्ध हुने जानकारी गराएका थिए । महमुद जारी आइपिएलमा खेल्ने पाकिस्तानका एक्ला खेलाडी हुन् । महमुदले आफूले भिसा पाएको सामाजिक सन्जाल टि्वटरमार्फत जानकारी दिएका हुन् ।
पन्जाबले विपक्षी मैदानमा खेलेका सुरुआती दुई खेलमा हार व्यहोरेको थियो । त्यसपछि कप्तान गिलक्रिस्टले महमुद ‘क्लास’ खेलाडी भएको बताउँदै उनको अनुपस्थिति महँगो भएको धारणा राखेका थिए । टी-ट्वान्टी क्रिकेटका ‘कन्सिस्टेन्ट’ खेलाडी महमुद केन्टका लागि सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडी हुन् । उनी गत सिजनमा काउन्टी च्याम्पियनसिपमा केन्टका प्लेयर अफ द सिजन भएका थिए । उनले काउन्टीमा गत सिजन कीर्तिमानी ४ सय ८५ रन जोडेका थिए । एक शतकसमेत बनाएका उनले १५ खेलमा १ सय ४३ दशमलब ९१ को स्ट्राइक रेटमा खेलेका थिए ।
सन् २००८ पछिका आइपिएलमा पाकिस्तानी खेलाडी सहभागी छैनन् । सन २००९ मा मुम्बईमा भएको आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच सबै प्रकारका सम्बन्ध चिसिएका छन् । यद्यपि, यस प्रतियेागितामा सहभागी नगराउन र नहुन दुवै पक्षले औपचारिक घोषणा तथा निर्देशन भने गरेका छैनन् । सायद बेलायती नागरिक भइसकेकाले होला, महमुदको सहभागिताको विषयमा भारत र पाकिस्तान दुव्ौले यस विषयमा केही भनेका छैनन् ।

प्रतिक्रिया