अर्थहीन मुद्दा

राजनीतिक नेतृत्व परिवर्तनसँगै राखेपमा पनि नेतृत्व परिवर्तन हुने प्रचलन छ । चार वर्षको कार्यकाल लिएर आएका राखेप पदाधिकारी तथा क्षेत्रीय र जिल्ला विकास समिति नेतृत्वले राजनीतिक परिवर्तनपछि नैतिक रूपमा राजीनामा दिएर बाटो खुला गर्ने परिपाटी छ  तर बोर्ड नेतृत्व परिवर्तनसँगै विघटन हुने क्षेत्रीय तथा जिल्ला समितिका पदाधिकारीले भने विघटनविरुद्ध मुद्दा हाल्ने गरेका    छन् ।
अहिले राखेपलाई विपक्षी बनाइएका यस्ता पाँच मुद्दा सर्वोच्चमा छन् । यी सबै मुद्दा लामा राखेप सदस्य-सचिव भएपछि विघटन भएका क्षेत्रीय र जिल्ला समितिका पदाधिकारीले हालेका
हुन् । राजनीतिक नियुक्ति हुने प्रचलन थाहा नभएर यस्ता मुद्दा पर्ने गरेको जानकार बताउँछन् ।

प्रतिक्रिया