बुटले कुल्चन खोजेको कलम

माओवादीको दसवर्षे ‘जनयुद्ध’ का बेला अपहरण, यातना वा हत्या दिनहुँ भइरहने घटना थिए । विद्रोही वा सरकारी पक्षबाट को, कहाँ मारिए वा मारिँदै छन् ? कसलाई कुन बहानामा यातना दिइँदै छ ? यस्तो चरम सन्त्रासको कुनै टुंगो थिएन । द्वन्द्वमा एक अर्काका विरोधीको हत्या वा अमानुषिक यातना बारम्बारका घटना थिए । तर, द्वन्द्वको सिकार बन्दुक बोकेका विद्रोही वा सरकारी सेना मात्र थिएनन्, कलम बोकेका कतिपय नीशस्त्र लेखक पनि निशानामा परे । रोल्पाबाट उज्यालो भविष्य खोज्दै त्रिभुवन विश्वविद्यालयसम्म आइपुगेका एक प्रगतिशील लेखक नवीन विभाससमेत उतिबेला यस्तो फन्दामा परे, जसले ‘साहित्य सिर्जना गरेको अपराध’ मा तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गणमा तीन महिना कहालीलाग्दो यातना पाएका थिए । विभासको त्यही प्रताडनाको कहालीलाग्दो विवरण डायरीका रूपमा प्रकाशनको तयारीमा छ । डायरीको एक अंशः

आधा रात अघि
डायरी १
४ असोज २०६० । रातको पौने एघार । कीर्तिपुर, पागा । खाइसकेका थियौ, सायद अरू दिनभन्दा अलि छिट्टै । धमिलो याद छ– मुलुकका विभिन्न भागमा सरकार–माओवादी मुठभेडमा पौने दुई दर्जन हताहतीको हिसाबकिताब रेडियोले भर्खर फुकिसकेको थियो, सैनिक सचिवालयको हवाला दिदै । पत्रपत्रिका, रेडियो र निजी टिभीहरू सबै सरकारी टिभी, रेडियो र गोरखापत्रको फोटोकपी । सूचनास्रोत केवल सैनिक सचिवालय ।
लाग्थ्यो, विशाल बधशालामा परिणत हुदै छ मुलुक । दुई दिनअघि सार्वजनिक मेरो निबन्ध किताब ‘रात पनि ऐठन परेको रातमा’का बारे २ असोजको कान्तिपुरमा हरिगोविन्द लुइटेलको लेख छापिएको थियो । केही फोन–प्रतिक्रिया आए लेखबारे । नेपालमा लेख्ने पढ्नेबीच आलोचनात्मक टिप्पणी गर्ने र सुन्ने संस्कृति छैन । यस्तो घडीमा दुई चारजनाको भए पनि प्रतिक्रिया आउदा मरुभूमिमा पानी भेटेझै भयो ।
अ, सम्झना छ– मौसम चिसिन थालेको छ । विद्यार्थीहरू असार लाग्नुअघिका किसानझै हतारमा छन्– जा“च तयारीमा नोटसोट खोज्न र पढ्न ।
जाचको मेसोतिर लाग्ने सोच बनाउदै छु म पनि । कीर्तिपुर सहिदपथ, सालिकनेर राजकाजी महर्जनको घर । भुइतलाको कोठा । पल्लो कोठामा दङ्गाली रामप्रसाद पौडेल र टंकेश्वर अधिकारी बस्छन् । एउटै घर तीनभाइबीच बाडिएको छ । बीचमा, अमरकाजीको घर । माथिल्लो कोठामा रुकुमका पवन गौतम र भीमार्जुन रेग्मी । सगसगै दाङका अन्जान यात्रीका दाजुभाइ बस्छन् । बीचकोमा माधुरी–वसन्त आरसी दम्पती । तल्लो तलामा दङ्गाली मधुसूदन सुवेदी र अर्कामा प्युठानी विनोद–सुरेश भाइ र विष्णु आचार्य दम्पती छन् । सगै जोडिएको जेठाको घरमा छन्, एमपी खरेल ।
दङ्गाली, रोल्पाली र रुकुमेलीको बाहुल्य छ । डेराको जोहो मिलाएथे– साथी एमपी खरेलले । महिनाको सात सय भाडा । गाउमा हुर्केको ज्यानलाई गाउको तिर्सना मेटाउछ यहाको बसाइले । नेवार बस्ती । गाउजस्तै चलन । भिन्न संस्कृति र भाषासग चिनजान गर्न खोज्ने नजानिदो तिर्सना मेरो पनि । कतिचोटि त नेवारी बाजाको पछि लागेर विष्णुदेवीको मन्दिर पनि पुगेको छु । मृतकलाई रुदै चिहान पुर्‍याउने मेरै गाउको संस्कृतिसग मिल्दो चलन । नजिकैको ढुसीगाउमा छन्, धनबहादुर रोका, याम बुढा, सुकलाल रोकालगायत रोल्पाली साथीहरू ।
अ, नेवार बस्ती ।
देखिन्छ चन्द्रागिरि जसलाई कृष्ण सेन ‘इच्छुक’ ले बन्दी र चन्द्रागिरि लामो कवितामा पात्र बनाएका छन् । मेरो गाउपारि उभिएको जिलाधुरीजस्तै लाग्छ चन्द्रागिरिको अनुहार । फरक यत्ति छ– वारिपट्टि छड्केधुरी छैन । मेरो गाउ र धुरीबीच चुनबाङ खोला छ । तर, यहा बस्ती । गाउघरको याद चन्द्रागिरिको हावाले पलपल उप्काइरहन्छ ।
नित्से, प्लेटो, किर्केगार्डहरू बोक्न टियु जानु नियमित दिनचर्या छ, मेरो । साहित्यिक कार्यक्रम, गाउ“बाट अस्पताल आउने आफन्तलाई गाइड गर्नु कहिलेकहीका थप कार्यभार छन् ।
‘ढ्याकढ्याक’ – कसैले ढोका ‘नक’ गर्‍यो ।
जगजगीमा देशै फन्किरहेको बेलाको कीर्तिपुर । सन्त्रासमय कीर्तिपुर । विद्यार्थी धरपकड तीव्र छ । कतिखेर के हुने हो, जगजगी छ । ‘कुकुरको कहानी’ बिर्साउने काठमाडौंको जीवनशैली । चराभै“m दिनभर धन्दा सकाएर हामी अबेरमात्र गुड फर्कन्छौ । खानासगै धेरैबेर गफिन्छौ । गफका विषय मौसमअनुसार फेरिन्छन् ।
सम्झना छ– बर्खा सकिएको थिएन । त्यस रात पनि गफिदै थियौ– बर्खामासे रोल्पाली लोकजीवनका उकालीओरालीबारे । राके सङ्क्रान्तिमा ‘लुतो लैजा’ भन्दै अगुल्टो फालेका, घिउ सङ्क्रान्तिमा घिउ खाएर पिङ खेलेका, बर्खेगोठमा आलु उसिनेका, साझपख बर्खेझरीमा अगुल्टो झरीमा च्वाइच्वाइ पार्दै घर रुङ्न हिडेका, जुकासग लुकामारी खेलेका सम्झनामा गाउ चहार्दै थियौ । माल्दाजुले बर्खेझरीको तालमा मुरली फुकेको साझपख, मेलापातबाट फर्कने आमाको पर्खाइमा ढोका–सघारमा बसेर टोलाउदै केराको पातमा झरी लर्गौडी खेलेको…। यस्तै–यस्तै ।
यसपालि गोठ लगे कि लगेनन् ? माइली भाउजू आमा–बा कहा हुनुहुन्छ होला ? ‘जनयुद्ध’ चर्केपछि सेनाले बर्खेगोठमाथि ‘माओवादी सेल्टर’ भनेर आक्रमण थाल्यो, अनि, बर्खामास ‘गोठ जाने, बुकी जाने संस्कृति’ विचलित हुन पुग्यो । सुवर्णसग बसेको धेरै भइसके पनि गफ कसरी आउथे कुन्नि † तर, भातीभातीका गफ भइरहन्थे । नक गरेलगत्तै घन्टी बज्यो । कोठाको माथिल्लोपट्टि बले“सीमा कोही बिरालोको चालमा हिडेको सर्‍याकसुरुक दोहोरियो ।
लाग्यो, ‘कोही आएको छ ।’
टंकेश्वर या रामप्रसाद या सुवर्णले ढोका खोले ।
सिधै हाम्रो कोठामा छिरेर सोध्यो ।
‘नवीन को हुनुहुन्छ ?’ मध्यरातमा खोज्ने को हो ? अक्क न बक्क परे । सुवर्णसग हेराहेर गर्‍यौ । दुवैजना अलमलमा पर्‍यौ । ‘हामीसग हिड्नूस् ।’
‘किन’ पनि सोधिन । सायद उचित ठानिन । सादा पोसाकमा भए पनि सेना वा पुलिस हुन् भन्ने पक्का गरे“ । कारण– सेना र पुलिसले सादा पोसाकमै मानिसलाई बेपत्ता, गिरङ्खतार र हत्या गरिरहेका थिए ।
‘लुगा लगाउनुस् ।’ धड्कन अनायास बढ्यो । छाती ढक्क फुल्यो । कल्पेको तर ‘होला’ भनी नचिताएको कुरा हुदै छ जस्तो । हाफ पाइन्ट लगाए । के सोचेर कुन्नि, फुकाले । कटराइजको फुल पाइन्ट लगाए । हेरे, पाइन्टमै छ पर्स । भेस्टमाथि कालो सर्ट लगाए । छालाको चप्पल छिराए ।
‘हिड्नुस् ।’
उनीहरूसगै लागे । सुवर्णलाई केही भने कि भनिन, भुले । तर, एकपालि नियाल्न कोसिस गरे । आखा जुध्न सकेन । धन्न † आमा, भाउजू हुनुहुन्नथ्यो । घरमै भएका भए यतिखेरको स्थिति सम्हालिनसक्नुहुन्थ्यो होला । महिला र पुरुषले संवेदना प्रकट गर्ने शैलीलाई नेपाली समाजले ‘भेद’ गरिदिएको छ । सायद त्यही भेदले ‘हेराहेर’ बाटै संवेदना साट्यौ ।
निस्के, चुक घोप्टिएझै चकमन्न रात । विद्यार्थीका कोठामा बत्ती बलेको याद छ । चन्द्रागिरि उसैगरी उभिइरहेछ ।
कहा हो जाने ? फर्कने हो कि होइन ? धीत मरुन्जेल हेरू जस्तो लाग्यो– अध्यारोमा मच्छेगाउ, चारघरे, ढुसी … । मैले छिमलेको अमरकाजीदाइको बकाइनाको बोट । माया पो लाग्यो । एमपी खरेलको डेराको कुकुर गोडामै लुटपुटिन आयो । सुम्सुम्याउन मन लाग्यो । टक्क उभिएर एकछिन हेरिरहन मन लाग्यो । अन्तिम सास लिनुअघि मान्छेले हेरे जस्तो । ‘हिड्नुस् ।’
अघिपछि छन्, उनीहरू । ‘कहा हो जाने ?’ न थाहा छ न त सोधेको नै छु । डेराहरूमा मान्छे छन् या छैनन् ? थाहा छैन तर बत्ती भने बलिरहेछन् । ‘बेपत्ता र मौन संस्कृति’ यसरी मौलाएको छ कि † न म सोध्छु न छिमेकीले नै ‘किन, कहा’ भनेर । ढोका खोलेर हेर्ने हिम्मतसम्म गर्दैनन् । थाहा छैन, यसो पर्दाको खापबाट चियाइरहेछन् कि छैनन्, घोराहीको कङ्खर्युमा विमल, गणेश, गोपाल र कुशल स–साना भुरासगै ढोकाको खापबाट यस्सो चियाउथ्यौ– डेराअगाडिको मस्जिदनेर प्रायः हररात हुने सेनाको ताण्डव नृत्य ।
मौन यात्रा । फर्कन्छु फर्कन्न, थाहा छैन । झस्कन्छु– धेरै फर्केका छैनन् भन्ने सम्झेर । कसाइखाना लगिरहेको खसी घरीघरी खोरतिर फर्की हेर्दै हिडेझै गर्छु । फरक यत्ति छ, खसी ‘म्याकाकाका’ गरी कराएर बिदाइको हात हल्लाएजसरी बिदावारी गर्न पाइन“ ।
सुवर्णसग हात पनि मिलाए कि मिलाइन कुन्नि † याद छैन ।
दसपन्ध्र पाइला हिडेपछि बार्दलीमा सुकाइएको लुगा सम्झे, सुवर्णलाई भनू जस्तो लाग्यो ।
झल्या“स्स आ“खामा गाउ“ फक्र्यो । यतिखेर चुलोछेउ बसेर जेईले धागो कातिरहनुभएको होला । ‘यति डल्ला भए यति किलो पुग्ला’ भन्दै किराले खाएको दातले भागोको सरा नचुडिदा फन्किरहेको टाकु रोकेर गुनासो गरिरहनुभएको होला, ‘अस् गोस्साको खालो †’
आ“खामा जेई उभिइन्– काठमाडौं झर्दा धरा
(गुन्यूमाथि कम्मरमा बाध्ने पटुकीजस्तो) बाट झिकेर भारु दुई सय हात पारिरहेकी । खहरेखोला बहेझै अनुहार । घरीघरी भनिरहेझै कानमा ठोक्कियो, ‘बासीतासी नखाएस्, दायाबाया हेरेर हेर्नू …।’
आमाको हररर तिर्खा लाग्यो । सासै रोकिएजस्तो अत्यास पनि । ससाना सपना उनेका आमाका ती स्वप्निल आखा एकपालि हेर्न मन लाग्यो । गह टम्म भरियो । मनमनै ‘बाचे भेटौला’ भनेर ‘बाई’ गरे“ ।
जरुरी कुरा भन्नुपर्छ जस्तो लाग्यो, आइने हो कि होइन, के भरोसा † मेरो भाग कोठाभाडा बुझाएको थिइन । पागा–दोबाटोमा लक्ष्मण गौतमकहा लिङ्गुइस्टिकको ट्युसन पढ्न थालेको थिए, पाच सय रुपिया मात्र दिएको थिए । माधुरी म्याडमलाई ‘भनिदिन या मिलाइदिन’ भन्नुपर्छ जस्तो लाग्यो, सुवर्णलाई घोराहीमा ठुल्दाइलाई फोन गरेर पैसा मिलाइदिनू’ भनेर ।
‘सर † सुवर्णलाई जरुरी कुरा भन्न भुलेछु ।’
‘पर्दैन ।’ ‘हुकुमका गुलाम’ लाई ‘सर’ भनेर सम्बोधन गर्दा मनले नजानिदो अपमानबोध गर्‍यो । सरासर लागे“ । रिप्ले या फरवार्ड गरेको रिलजस्तै मनमा प्रकाशको गतिमा भातीभातीका याद बल्झिए । यति तीव्र कि † थाहा छैन, प्रकाश पनि के दौडन्थ्यो त्यो गतिमा † जिन्दगीमा यस्तो पहिलो भोगाइ थियो मेरो । घरपटी दाइ, एमपीहरूले थाहा पाए या नाइ, थाहा भएन ।
कोठा मास्तिर लागेपछि घाराकघुरुक गर्दै वरपरबाट अरू थपिए । र, मलाई झम्टिए । त्यसबेला पो थाहा पाए“, आएका त धेरै पो रहेछन् ।
सहिदको सालिकबाट चोभारतिर नलगी पागा–दोबाटोतिर हिडाए । दुईचार पाइला फालेपछि एउटाले सोध्यो, ‘चौधरी कहा छ ?’ जिन्दगीमै नसुनेको क. चौधरी, कहा छ भनेर कसरी भन्नू ? कोठामा ‘तपाईं’ भन्ने गुलामको आवाज सालिकनेर आएपछि त मा झर्‍यो । लात्ता र मुक्का बर्साउदै‘हिड्, कहा छ’ भनेर पा“गा–दोबाटोतिर हिडाए । घरीघरी काननेर पेस्तोल सोझ्याए ।
‘भन् ।’
अघिपछि आठदस जति थिए जस्तो लाग्छ ।
सिलाइ टाइट नहुदा नगुडेजस्तो बचपनमा खेलेको ‘मोजाको खुट्टेबल’ जस्तै मलाई कुट्दै गुडाउदै सार्वजनिक धारोतिर (ढुसी र पागा–दोबाटो) लगे । घरी फुटबल बनाउदै घरी छाती ङ्याक्दै ।
‘भन् कहा छ ?’
घरीघरी कमिलाले सिकार समाए जसरी अठ्याउछन् । मानौ, म किरा हु र उनीहरू वर्षौंदेखिका भोका कमिला ।
कहिल्यै नसुनेको नाम– क. चौधरी ।
अझ उसको डेरा ।
बगाले बुट र मुड्कीझरी दक्र्यो, सार्वजनिक धारोनेर पुगेपछि । यसरी जिन्दगीमै पहिलोपालि कुटिदै थिए । दुईचार लात र बक्सिङ खादासम्म दुख्यो । त्यसपछि थाहै भएन । कसैले देखे वा देखेनन्, चिच्याए या नाइ, याद छैन । तर, कुटेको आवाज भने रातको सन्नाटा चिर्दै हावामा दगुर्‍यो होला, बत्तिएर गुहार माग्दै ।
सोधिरह्यो, ‘हिजो त चौधरीसग थिइस्, भन् कहा छ त्यो ?’ जवाफ दोहोर्‍याइरहे– थाहा छैन ।
फुटबलजस्तै गुडाउदै भेटघाट होटलनेर पुग्नुअघिको ओरालोमा पुर्‍याए । फेरि तिनै प्रश्न दोहोर्‍याउदै गाडीनेर पुर्‍याए । गाडी ओरालोमै राखेर मलाई पक्रन गएका रहेछन् । एकजनाले लातले हान्दै गाडीमा छिरायो । विश्वकप फुटबलमा गोल गरेजसरी, बोल्यो, ‘मु… † बस् ।’
०००
दस÷बाह्रजना अट्ने गाडी । दुईजनाले बीचमा पारेर बसाए । यति असजिलो गरी कि, एउटाले हनुमान टोपी लगाइदिएर झ्याप्प पारी अनुहार छोपिदियो । त्यसपछि ? गाडी गुड्यो, चकमन्न रातमा ।
रातको सन्नाटासगै चिसो बतास चलिरहेछ । रातको खुला सडकमा गाडीको रङ्खतार तेजैजस्तो लाग्यो । बीचमा राखेर उनीहरू दायाबायाबाट कुहिनाले हान्न थाले । ‘भन् कहा“ छ चौधरी ?’
पटकपटक एउटै प्रश्न दोहोर्‍याइरहे । उही उत्तर दोहोर्‍याइरहेछु– ‘चिनेकै छैन, कसरी भनू“ कहा“ छ भनेर ? मजस्तो अरू नै कोही होला, म होइन ।’
‘साले † त नभए तेरो डेरा जान्थ्यौ ?’
भकुरिरहे, गाडीको रङ्खतारसगै । सायद तीनचार मिनेटपछि पट्टी फेर्‍यो, हनुमान टोपीको बदलामा । पट्टीको रङ ? थाहा भएन । सास फेर्न असजिलो गरी कस्यो । हात बा“धिदियो, डोरीले जस्तो लाग्छ ।

प्रतिक्रिया