ग्याङ्स्टर फिल्ममा विवेक


बलिउड अभिनेता विवेक ओबरायलाई ‘चकलेटी’ हिरो भनिन्छ । तर, प्रेम र रोमान्सप्रधान फिल्मबाट उनले सफलता पाउन सकेका छैनन् । उनी ग्याङ्स्टरको भूमिकामा देखापरेका फिल्मले भने व्यावसायिक सफलता हात पार्ने गरेका छन् । त्यसैले निर्माता/निर्देशक विवेकसामु ‘अन्डरवल्र्ड’ कथावस्तुका स्त्रिmप्ट लिएर उनी भएठाउँ धाउने गरेका छन् ।
अहिले विवेकसँग दुइटा  यस्तै फिल्म छन् । एउटा फिल्म अन्डरवल्र्ड डन दाउद इब्राहिमको जीवनीमा आधारित छ । अर्को  ‘सुटआउट एन वडाला’ रिलिज हुने सँघारमा छ । ‘कम्पनी’, ‘मिसन इस्तानबुल’, ‘सुटआउट एट लोखंडवाला’लगायत विवेकद्वारा अभिनीत ग्याङ्स्टर फिल्मले सफलता पाइसकेका छन् । उनी स्वयंले पनि यस्तै फिल्ममा अभिनय गर्न सहज महसुस  गरेको बताइन्छ ।

प्रतिक्रिया