चलचित्रमा जम्ने सुर

सुन्दरबजार-७ तनहुंका समर थापा अध्ययन र मोडलिङलाई सँगसँगै अघि बढाइरहेछन् । चलचित्र विरासतबाट नायकका रूपमा नेपाली चलचित्रमा डेब्यु गरेका थापाले यसै क्षेत्रमा स्थापित हुने आशा साँचेका रहेछन् ।
मोडलिङ अनि अभिनयमा भविष्य खोजिरहेका उनले यसका लागि ठूलै संघर्ष गर्नुपर्छ भन्ने बुझिसकेका छन् र त्यसका लागि तयार पनि भइसकेका छन् । भन्छन्- ‘हिरो’ भन्ने शब्दले नै मलाई कलाकारितामा तान्यो, यसै क्षेत्रमा जम्ने सोचाइमा छु ।’ आधा दर्जनजति म्युजिक भिडियो र तीनवटा विज्ञापनमा पनि अभिनयको अनुभव सँगालिसकेका छन् । फुर्सदको समयमा साथीभाइसँग घुम्ने र घरमा बसेर नयाँनयाँ चलचित्र हेर्ने सोख झाँगिएको रहेछ उनीभित्र । ‘तर, मेरो लक्ष्य स्पष्ट छ,’ यी २१ वर्षे ठिटाले भने- ‘सामान्य मात्र होइन, एउटा सफल हिरो हुने ।’

 

प्रतिक्रिया