सदस्यसचिवद्वारा भ्रष्टाचार नभएको दाबी

काठमाडौं, १५ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले आङ्खनै पार्टीको भ्रातृसंस्थाको रूपमा प्रचारित नेपाल गणतान्त्रिक खेलकुद महासंघ (चन्द समूह) को कुनै औचित्य नभएको बताउदै यसका विरुद्ध पार्टी नेतृत्व तहमा कुरा उठाउने बताएका छन् । यसै साता महासंघले पत्रकार सम्मेलन गर्दै छैटांै राष्ट्रिय खेलकुदमा भ्रष्टाचार भएकोले छानबिन गर्न आवाज उठाएपछि उनले उक्त कुरा बताएका हुन् । लामाले कर्मचारीको रूपमा कार्यरत रहनेले पार्टीको नाममा गरेको गतिविधि आपत्तिजनक भएको बताउदै परिषद्को बोर्ड बैठकले यस सम्बन्धमा कडा कदम चाल्न सक्ने चेतावनी दिए ।
छैटौं राष्ट्रिय खेलकुद र आङ्खनो दसमहिने कार्यकालको समीक्षात्मक अन्तरक्रिया कार्यक्रममा पत्रकारसमक्ष लामाले राष्ट्रिय खेलकुद महोत्सवमा भ्रष्टाचार नभएको दाबी गरेका छन् ।
सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस विषयमा छानबिन गरिरहेको समयमा लामाले सार्वजनिक रूपमा पहिलोपटक यस्तो प्रतिक्रिया दिएका हुन् । डिएसपी अर्जुन चन्दको नेतृत्वमा रहेको अख्तियारको छानबिन समिति महेन्द्रनगर र धनगढीमा आङ्खनो कार्यसञ्चालनमा व्यस्त छ ।
‘हामीस“ग हरेक खर्चको विवरण छ,’ नेपाल खेलकुद पत्रकार मञ्चद्वारा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा लामाले भने, ‘छानबिन समितिलाई अक्षरशः विवरण दिन मैले सबै निकायलाई निर्देशन दिएको छु ।’ केही दिनअघि पनि उनलाई सार्वजनिक लेखा समितिले ‘भ्रष्टाचार’को सम्बन्धमा जवाफ दिन बोलाएको थियो । राखेप अध्यक्षसमेत रहेकी खेलकुदमन्त्री कमला रोकास“ग पनि जवाफ लिइएको छ  ।
छैटौं खेलकुद सम्पन्न भएको केही दिनपछि बिरामी परेका लामा करिब दुई साताको बिदापछि बुधबार मात्र कार्यालय आएका थिए । ‘मैले त तीसवटाभन्दा बढी मुद्दा पर्ने अनुमान गरेको थिए“,’ अख्तियारमा परेका निवेदनलाई स्वाभाविक मान्दै लामाले भने । आफू पनि राजनीतिक व्यक्ति भएको दाबी गर्दै उनले आफू कुनै दिन शक्तिशाली व्यक्ति बनेर उजुरी पर्नेबित्तिकै छानबिन गर्ने प्रणालीको अन्त्य गर्ने दाबी गरे ।
लामाले ६ महिना अघिसम्म प्रतियोगिता सञ्चालन गर्न असम्भव लाग्ने भौतिक संरचनाका बाबजुद आङ्खनो टोलीको मिहिनेतले राष्ट्रिय खेलकुद सम्भव भएको दाबी गरे ।
यसैबीच तीव्र आलोचनाका बीच आफू राजीनामाको मनस्थितिमा पुगे पनि पछिल्लो समय मानसिकता फेरिएको बताए । तर, पछिल्लो समय आफू अझ बलियो भएको उनले बताए । ‘छैटांै राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा म प्रतियोगितापछि राजीनामा दिने मनस्थितिमा थिए“,’ उनले भने, ‘तर अख्तियार र सार्वजनिक लेखा समितिमा भ्रष्टाचारको विषय पुगेपछि यसस“ग डटेर लड्ने मनोबल प्राप्त भएको छ । अब म नया“ योजना र कार्यक्रमका साथ खेलकुद नेतृत्वलाई निरन्तरता दिनेछु ।’ लामाले केही महिनाभित्रै खेलकुदलाई वैज्ञानिक प्रणालीभित्र ल्याइपु¥याउने बताए । आगामी दुई वर्षलाई ‘खेलकुद लगानी वर्ष’ बनाउने विषयमा छलफल भइरहेको र यसमा प्रधानमन्त्रीसम्म ‘कन्भिन्स’ रहेको उनले बताए । उनले खेलकुद ऐन संशोधनको तयारी भइरहेको पनि जानकारी गराए ।
यसैबीच निर्वाचन विवादमा रहेका खेल संघहरूका विषयमा चा“डै नै निर्णय हुने लामाले बताए । ‘संघहरूमा राजनीति हाबी छ । दलहरूको चलखेल छ ।’ दलजस्तै देखिएका खेल संघहरूमा देखिएको विवादबारे उनले भने, ‘यसबारे विधिवत् तरिकाले निर्णय र समाधान हुनेछ ।’
नेपाल गणतान्त्रिक खेलकुद महासंघ (जयन्द्र समूह) एनेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्य ‘किरण’ समूहसित नजिक छ भने सदस्य–सचिव लामा पार्टी अध्यक्ष पुष्पकमल दाहालनजिक मानिन्छन् । सरोकारवालाका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामा नेतृत्वको राखेपले भ्रष्टाचार गरेको आरोप सम्बन्धमा औपचारिक छानबिन अगाडि बढाइरहेको अवस्थामा यसरी उनले सार्वजनिक कार्यक्रममार्फत छानबिनलाई प्रभावित पार्न खोज्नु आफैमा अर्थपूर्ण छ ।

प्रतिक्रिया