भिडियोमा जम्दै सुवेदी

काठमाडौं, दुई वर्ष मात्र भयो विकास सुवेदीले म्युजिक भिडियो निर्देशन गर्न थालेको । गायिका अञ्जु पन्तको तिमी आफै पग्लिएर आखाबाट झरेपछिबाट म्युजिक भिडियो निर्देशनमा होमिएका उनी अहिले व्यस्त निर्देशकका रूपमा चिनिन्छन् ।
टेलिभिजन कार्यक्रम निर्माता तथा समाचारवाचकसमेत रहेका सुवेदीले यो अवधिसम्म दर्जनौ“ भिडियो निर्देशन गरिसकेका छन् । गत वर्ष भ्यालेन्टाइन डेको अवसरमा इन्साइड आउट ब्यान्डको अल्टरनेटिभ अंग्रेजी गीतको भिडियो निर्देशन गरेर चर्चा बटुलेका सुवेदी म्युजिक भिडियोमा नया“ प्रयोग गर्ने निर्देशकका रूपमा पनि चिनिए । भर्खरै गायक शिव परियारको मरेर गए“ बोलको गीतमा आङ्खनो खुबी देखाएका उनी म्युजिक भिडियोलाई कम बजेट छुट्याइने गरेका कारण गाह्रो हुदै गएको धारणा राख्छन् । प्रायः म्युजिक भिडियो निर्देशकको लक्ष्य चलचित्र निर्देशन हुन्छ । सुवेदीचाहि के गर्लान् त ? ‘म पनि केही समयपछि चलचित्रतिरै लाग्नेछु,’ उनले भने । (सौस)

प्रतिक्रिया