युगकविको सम्झना

काठमाडौं, युगकवि सिद्धिचरण श्रेष्ठको शतवार्षिकीका अवसरमा बुधबार विचारगोष्ठीमार्फत उनको सम्झना गरियो । गोष्ठीमा सहभागी साहित्यिक व्यक्तित्वले युगकवि श्रेष्ठको जीवनी र साहित्यिक परिचयबारे चर्चा गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले स्मरण गरे, ‘म उमेरका हिसाबले उहाको छोरासमानको हु । उहालाई देखे पनि बोल्न भने पाइन । तर, पनि उहा“को कृतिस“ग सदासदा बोल्न पइरहेको छु, त्यसमै खुसी छु ।’
डा. खगेन्द्र पन्तले युगकविको साहित्यिक प्रवृत्तिलाई मायाप्रेम, क्रान्तिकारिता र  शान्ति पस्कने कविका रूपमा चित्रित गरे भने मणिकलाल श्रेष्ठले युगकविका कवितामा बढीजसो प्रेममय सम्बन्ध देखिए पनि प्रगतिशील लेखनमा समेत उत्तिकै दख्खल रहेको चर्चा गरे । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले युगकवि श्रेष्ठका कवितामाथि व्याख्या–विश्लेषण गरेका थिए । (सौस)

प्रतिक्रिया