जेलबाटै पार्टीमा खटनपटन

काठमाडौं, १५ चैत । जेलमा बन्दीजीवन बिताइरहे पनि गणतान्त्रिक फोरमका अध्यक्ष जेपी गुप्ताको राजनीतिक सक्रियता कम छैन । सदरखोर डिल्लीबजारबाटै चलाइरहेका छन् भन्दा हुन्छ उनले आङ्खनो पार्टी ।
दिनहु जसो गणतान्त्रिक फोरमका नेता गुप्तासित सल्लाह माग्न वा अरूको चुक्ली लगाउन जेल पुगेका हुन्छन् । ती नेतालाई आवश्यक सल्लाह र निर्देशन दिएर पठाउछन् गुप्ता । दुई गुटमा बाडिएका पार्टीका नेता फरक–फरक समयमा अध्यक्षलाई भेट्न जान्छन् ।
‘गुप्तासग को नजिकिने’ भन्ने होडबाजी छ अहिले गणतान्त्रिक फोरमभित्र । अध्यक्षको अनुपस्थितिमा पार्टीभित्रको विवाद हात हालाहालमा परिणत हुन थालेको छ । पार्टीको बैठक हुनुभन्दा पहिले र भइसकेपछि दुवै गुटका नेता पुगेर अध्यक्ष गुप्तालाई आ–आङ्खनो तरिकाले ब्रिफिङ गर्छन् ।

पार्टीमा एउटा गुटको नेतृत्व दलका उपनेता नन्दन दत्तले गरेका छन् भने अर्को गुटको नेतृत्व कार्यवाहक अध्यक्ष राजकिशोर यादवले । सोमबारको बैठकमा दुई पक्षका नेताबीच कुटाकुट भएको थियो भने बेलुकी पार्टीको सिफारिसमा कृषिमन्त्री नन्दन दत्तलाई प्रधानमन्त्रीले हटाएका थिए । दुवै खबर गुप्तालाई सुनाउन पार्टीका नेता जेल पुगेका थिए ।
कार्यवाहक अध्यक्ष राजकिशोर पहिलेदेखि नै पार्टीभित्र जेपीभन्दा फरक विचार राख्ने भएकाले नन्दन दत्त पक्षधर गुप्तासित नजिक मानिन्छन् । स्रोतका अनुसार पार्टीको केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकको तिथि तय गर्दा र बैठकका एजेन्डा तय गर्दा पनि गणतान्त्रिक फोरमका नेताले गुप्तासग सरसल्लाह गर्ने गर्छन् ।
गुप्ताले भने आफूले जेलबाट पार्टी चलाइरहेको कुरा अस्वीकार गरे । ‘जेलभित्र र जेलबाहिर धेरै फरक छ । जेलभित्र रहेको मान्छेले केही गर्न पाउदैन,’ अध्यक्ष गुप्ताले सौर्यसग भने, ‘त्यहा मेरो भौतिक उपस्थिति हुदैन । पार्टीमा  मेरो भावनात्मक सम्बन्ध मात्र हुन्छ ।’
त्यसो त गुप्ता जेल गए पनि गणतान्त्रिक फोरमले अध्यक्ष पद खाली राखेको छ । कार्यवाहक अध्यक्षमा राजकिशोर निर्वाचित भएका हुन् । पार्टीको केन्द्रीय समितिको बैठक हुदा पनि अध्यक्ष बस्ने कुर्सी खाली नै हुन्छ । सगै राखिएको कुर्सीमा कार्यवाहक अध्यक्ष राजकिशोर बस्ने गर्छन् । ‘उहाको अनुपस्थितिमा हामीले अध्यक्षको कुर्सी खाली राखेकाहौं । उहा जेलबाट निस्कनेबित्तिकै सोही ठाउमा आउनुहुनेछ,’ उपनेता नन्दन दत्तले भने ।
गुप्ताले पनि यसलाई सकारात्मक रूपमा लिएका छन् । ‘म सधैका लागि जेलमा आएको होइन नि † साथीहरूले अध्यक्ष पद खाली राख्नु मप्रति देखाउनुभएको माया हो,’ गुप्ताले भने ।

दैनिक ७०–८० जना भेट्न आउँछन्
जेपी गुप्ता, अध्यक्ष, फोरम गणतान्त्रिक

तपार्इं नहुदा पार्टी गम्भीर विवादमा फसेको छ नि ?
फोरम गणतान्त्रिकलाई सभासद्को पार्टीबाट कार्यकर्ताको पार्टी बनाउन खोजिएको थियो । तर, यसै क्रममा म जेलमा आए । यसले (पार्टीमा) केही रिक्तता उत्पन्न गरेको छ । पार्टीको संसदीय दलमा केन्द्रीय समितिको प्रभाव परेको छ ।
तपार्इंले जेलबाटै पार्टी चलाइरहनुभएको देखिन्छ नि ?
मैले पार्टी चलाएको होइन । भौतिक रूपमा म नभएपछि पार्टीमा मेरो विचारलाई जबर्जस्ती लाद्न मिल्दैन । पार्टी त साथीहरूले चलाएका छन् । पार्टीमा मेरो भावनात्मक सम्बन्ध मात्र छ ।
तपार्इंलाई दैनिक कतिजनाले भेट्ने गर्छन् ?
दैनिक ७० देखि ८० जनासम्म मलाई भेट्न आउने गर्छन् । दुई–तीन दिनदेखि सुरक्षाको कारण देखाएर मेरो भेटघाटमा नियन्त्रण गर्न खोजिएको छ । मलाई भेट्न आउने साथीहरूसग नागरिकता माग्ने, नागरिकताको फोटोकपी माग्ने, अनावश्यक सोधपुछ गर्ने र कहिलेकाही“ भेट्नै नदिने गरिएको छ । मेरो भेटघाटलाई किन नियन्त्रण गर्न खोजिएको हो ? मैले बुझेको छैन ।
सुरक्षाको कारणले होला कि ?
यहा जे गरे पनि सुरक्षाको कारण भनिदिए भइहाल्यो नि † गृह मन्त्रालयलाई भन्न सजिलो छ ।
तपाईं पूर्वमन्त्री भएको नाताले छुट्टै सुविधा पाउनुभएको छ ?
मैले कुनै छुट्टै सुविधा पाएको छैन । अरू बन्दीसरह जीवन बिताइरहेको छु । म सुत्ने कोठामा २३ जना बन्दी छन् । त्यहा“ मेरा लागि अरू बन्दीसरह तीन फिट मात्र ठाउ“ सुत्नका लागि छुट्ट्याइएको छ ।
अहिलेसम्म को–को नेताले तपार्इंलाई भेटे ?
थुप्रै नेता मलाई भेट्न यहा आउनुभएको छ । मधेसी मोर्चामा रहेका सबै नेता र अन्य पार्टीका नेता पनि मलाई भेट्न आउनुभएको छ । गृहमन्त्री एकपटक आउनुभएको थियो । महन्थ ठाकुर पटक–पटक आउनुहुन्छ । जिल्ला–जिल्लाबाट पनि साथीहरू मलाई भेट्न आउनुभएको छ ।
अहिले कसरी जीवन बितिरहेको छ ?
अरू बन्दीसरह जीवन बिताइरहेको छु । साथीहरूस“ग भेटघाट गर्छु र बिहान–बेलुका किताब पढ्ने गरेको छु ।

गुप्ता १४ महिना मात्र जेल बस्ने

जीवन विसी

काठमाडौं, १५ चैत । डेढ वर्ष कैद सजाय तोकिएका निवर्तमान सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता एक वर्ष दुई महिना मात्र जेल बस्ने भएका छन् । सर्वोच्च अदालतले उनको अन्तिम लगत कट्टी गर्दै एक वर्ष दुई महिना ६ दिन जेल बस्न पुर्जी दिएको छ ।
सर्वोच्चले गुप्तालाई डेढ वर्ष कैद सजाय र ८४ लाख १० हजार रुपिया“ बिगो तथा त्यति नै जरिवानाको फैसला गरेको थियो । गुप्ताले तीन महिना २४ दिन कैद सजाय र १६ लाख ८१ हजार ९ सय ८५ जरिवाना रकम मिनाहा पाएका छन् ।
मधेस जनअधिकार फोरम(गणतान्त्रिक)का अध्यक्षसमेत रहेका गुप्ताले फैसलालाई स्वीकार गर्दै अदालतमा निवेदन दिएपछि २० प्रतिशत कैद सजाय र जरिवाना रकम मिनाहा पाएका हुन् । मुलुकी ऐनको दण्ड सजाय महल ४१ क अनुसार अदालतबाट कैद वा जरिवाना रकम तोकिएका व्यक्ति फैसलालाई स्वीकार गर्दै ६० दिनभित्र उपस्थित भए २० प्रतिशत छुट पाउछन् । गुप्तालाई ६८ लाख २७ हजार नौ सय ४२ रुपिया“ जरिवाना कायम भएको छ । सार्वजनिक पदमा रहदा अकुत सम्पति आर्जन गरेको आरोपमा सर्वाेच्च अदालतले उनलाई ९ फागुनमा भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवाना तोकेको थियो । अदालतको फैसलापछि सदरखोर डिल्लीबजारमा उनले कैद सजाय भोगिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक छानबिन गर्ने क्रममा उनलाई पा“च दिन न्यायिक हिरासतमा राखेको थियो । सर्वोच्चले उक्त ५ दिनलाई समेत कैद कट्टी गरेको छ । ६–११ चैत ०५९ सम्म उनी न्यायिक हिरासतमा बसेका थिए । अख्तियारले छानबिन गरी राज्यकोष दुरुपयोग गरेको अभियोगमा नौ वर्षअघि विशेष अदालतमा मुद्दा चलाएको थियो । तर, विशेष अदालतले उनलाई सफाइ दिए पनि सर्वोच्चले भने उनलाई दोषी ठहर गरेको हो । न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

प्रतिक्रिया