‘साघुरो भो’ प्रधानमन्त्री कार्यालय

काठमाडौं, १४ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विशिष्ट श्रेणीका कर्मचारीलाई नै कोठा अभाव भएको छ । सचिव पुरुषोत्तम ओझा सामान्य प्रशासन शाखाका उपसचिव चिरञ्जीवी पौडेलले प्रयोग गर्दै आएको साँघुरो कोठामा बसेर काम गर्दै आएका छन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव ओझाले त्यही कोठा पनि एक सातापछि मात्र पाएका थिए । सिंहदरबारमा अन्य कोठाभन्दा केही राम्रो र फराकिलो भएकाले उनलाई उपसचिवले प्रयोग गरेको कोठामा राखिएको हो । उक्त कोठामा सचिवले प्रयोग गर्ने न्यूनतम सुविधा छैन ।
सचिव ओझाले प्रयोग गरेको कोठामा बाथरुमसमेत छैन । भेट्न आउने आगन्तुकलाई बस्न पर्याप्त स्थान छैन । तातो–चिसो हावाका लागि सचिवको कुर्सी अघिल्तिर एउटा एसी ङ्खयान पनि छ । तर, ङ्खयान अन गर्ने बित्तिकै हेलिकप्टरको पंखा कराएजस्तो आवाज आउछ ।
सचिव ओझा भने आफूले प्रयोग गरेको कोठाका विषयमा कुनै गुनासो नरहेको बताउछन् । ‘अब कति नै बाकी छ र † डेढ महिना त छ यहा बसेर काम गर्न,’ उनले भने । यद्यपि कहिलेकाही कुनै विषयमा सम्बन्धित अधिकारीसंग गोप्य छलफल गर्नुपर्दा भने असजिलो महसुस हुने गरेको उनले बताए ।
सचिव बस्ने कोठा नै गतिलो छैन भने उनका पिए (निजी सचिव) बस्ने कोठाको के गति होला ? सचिव ओझाका पिएले अर्का कर्मचारीसित टेबुल ‘सेयर’ गर्छन् । ‘सचिव ओझा मात्र होइन, सिंहदरबारमा विशिष्ट श्रेणीका सरकारी अधिकारीलाई काम गर्न कोठाको ठूलो समस्या छ,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले सौर्यसग भने ।
रेग्मीका अनुसार प्रधानमन्त्री कार्यालयले प्रयोग गर्दै आएको सुविधायुक्त कोठामा पछिल्लो समयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलाई राखिएकाले सचिव बस्ने कोठा अभाव भएको हो । त्यस्तै सिंहदरबारमा भएका अन्य सुविधायुक्त कोठामा रक्षा र विनाविभागीय मन्त्रीलाई पनि
राख्नुपरेको छ ।
‘यहा सुविधासम्पन्न कोठा जम्मा पाचवटा मात्र भएकाले प्रधानमन्त्री कार्यालयमा कार्यरत चारमध्ये दुई सचिवको कार्यकक्ष दयनीय छ,’ उपसचिव पौडेलले भने, ‘एक सचिवको कोठा नै फिक्स छैन ।’
कोठाको समस्यालाई लिएर पटकपटक मुख्य सचिवलाई जानकारी गराइदै आएको मन्त्रालयका एक उपसचिवले सौर्यसग बताए । ‘तपार्इंहरू कोठाको समस्या लिएर मकहा नआउनुस्, जे छ त्यसैमा मिलाएर बसौं । तत्काल कोठाको समस्या समाधान गर्न सकिदैन’ मुख्य सचिवको भनाइ उद्धृत गर्दै ती उपसचिवले सौर्यसंग भने  ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट विभिन्न योजना सञ्चालन गरिएको र त्यसको कार्यालय पनि त्यही राख्नुपर्ने भएकाले कोठाको समस्या देखिएको कर्मचारी बताउछन् । ‘प्रधानमन्त्रीको स्वकीय सचिवालयले विभिन्न समिति बनाएकाले कोठाको व्यवस्था मिलाउनुपर्‍यो भन्छन्, तर सिंहदरबारमा खाली कोठा नै छैन,’ एक कर्मचारीले बताए ।
प्रधानमन्त्रीको निर्णयअनुसार बन्ने विभिन्न आयोग, छानबिन समिति, सुधार केन्द्रहरूको कार्यालय पनि प्रधानमन्त्री कार्यलयमै राखिनुपरेकाले सिंहदरबारमा कोठाको अभाव भएको हो । प्रधानमन्त्री कार्यलयमा अहिले हेलो सरकार कक्ष, लगानी बोर्डलगायत विभिन्न समितिका कार्यलय छन् । सिंहदरबारमा राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालय र सञ्चार फ्रिक्वेन्सी कन्ट्रोलर कार्यालय छ । त्यस्तै गृह र हुलाक सेवा विभागले पनि केही कोठा प्रयोगका छन् सिंहदरबारमा ।
प्रवक्ता रेग्मीले भने, ‘यहा धेरै विभाग भएकाले सचिवालयमा मात्र नभएर अन्य कर्मचारीका लागि पनि कोठाको खाचो छ ।’ एउटै विभागका कर्मचारी अर्को विभागका गएर बस्नुपरेकाले धेरै कागजपत्र पनि ‘मिसप्लेस’ हुने गरेको कर्मचारीको गुनासो छ ।
प्रधानमन्त्री कार्यलयमा एक सय ६३ कर्मचारीको दरबन्दी छ । तर, सिंहदरबारमा प्रधानमन्त्रीको स्वकीय सचिवालयबाहेकका दुई सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया