सफाईको मौका पाईन

काठमाडौं, १४ चैत । निर्वातमान कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तले प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई सफाईको मौका नदिएर पदबाट हटाएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लव नेपालले आज राजधानीमा आयोजना गरेको साक्षत्कारमा उनले आफूले सफाईका लागि एक मिनेट पनि समय नपाएको बताए । उनले सफाईको मौका दिएको भए पदबाट आफै राजीनामा दिने दाबी समेत गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले अबैधानिक रुपमा मलाई बर्खास्त गर्न लागेको थाहा पाएर मैले सफाईको मौका दिनुस भनेको थिए तर मौका पाईन ।’

प्रधानमन्त्री भट्टराईले दत्तलाई सोमबार राति पदबाट हटाएका थिए । उनलाई हटाउन आफ्नै पार्टी फोरम गणतान्त्रिकका सभासदले हस्ताक्षर गरेर भट्टराईलाई पत्र बुझाएका हुन् ।

प्रतिक्रिया