मञ्चमा गर्भवतीका पीडा

सिन्धुपाल्चोक : गर्भवती महिलालाई प्रजननका समयमा हुने पीडा पुरुषले सायदै बुझ्लान् । महिलाको यही भावनालाई समात्दै कलाकार जिल्लाका विभिन्न स्थानमा जनचेतना बाँड्दै छन्, पुरुष गर्भवती बनेको नाटकमार्फत । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा देखाइएको नाटक हेरेपछि मानिसमा गर्भवती महिलालाई सहयोग गर्नुपर्ने भावना बढेको कलाकार धिताल चिरिच्याँट्टले बताए ।

प्रतिक्रिया