वृत्तचित्रमा जिब्रो छेड्ने मान्छे

काठमाडौँ : भक्तपुरमा परम्परादेखि चल्दै आयको जिब्रो छेड्ने जात्राको विषयमा मप्वाया नामक वृत्तचित्र निर्माण हुने भएको छ । समुदाय विकास मञ्च नेपाल तथा एस डा इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा पत्रकार डिपी शाहको निर्देशनमा निर्माण हुने वृत्तचित्रको स्त्रिप्ट ऋषिमाया पोखरेलले तयार गरेकी छन् । राजेन्द्र लामिछानेको छायाङ्कन र फोटोग्राफी निर्देशन ज्योति सिंहको रहने बताइएको छ । अहिलेसम्म जिब्रो छेडाइसकेकालाई सम्मान गर्दै आगामी १८ चैतमा वृत्तचित्र सुरु गरिने शाहले बताए ।

प्रतिक्रिया