‘माई लाइफ’का लागि पूजाआजा

पोखराः प्रदर्शनमा रहेको चलचित्र माई लाइफ निर्देशक जीवन रसाइली र नायक मिलन शङ्करले चलचित्र सफलताको कामना गर्दै विन्ध्यवासिनी मन्दिरमा पूजा गरेका छन् । लगत्तै निर्देशक रसाइली र नायक मिलनले समर्थकका साथ बृहद् मोटरसाइकल र्‍यालीमार्फत नगरपरिक्रमा गरे ।
अन्तभन्दा चलचित्रले पोखरामा राम्रो कमाइ गर्ने विश्वास उनीहरूले लिएका छन् । निर्देशक रसाइली पोखराकै हुन् भने अन्य केही कलाकार पनि यतैका हुन् । माई लाइफ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा छ । देशभरका ४५ चलचित्रघरमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले पोखराको विन्धवासिनी हलमा अन्त बढी व्यापार गर्ने विश्वास लिएको छ । विश्वास घलेको निर्माण रहेको चलचित्रमा पोखरेली नायक शङ्करका अलावा सुरज आरडी, झरना थापा, अयुब केसी, एसराज, स्नेहा शर्मालगायतको अभिनय छ ।

प्रतिक्रिया