‘शरणार्थी उज्यालो’ पुरस्कृत

चितवनः चितवन साहित्य सङ्गमले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘शिव पौडेल स्मृति पुरस्कार’ २०६८ सालका लागि कवि सङ्गीत आयामको ‘शरणार्थी उज्यालो’ काव्यकृतिलाई दिइने भएको छ । सङ्गमको कार्यसमितिको शनिबार बसेको बैठकले चितवनबाट प्रकाशितमध्ये वर्षभरिको सर्वोत्कृष्ट कृतिका रूपमा उक्त कृतिलाई पुरस्कार दिने निर्णय गरेको हो ।
उज्यालोको नियति शरणार्थीको जस्तो रहेको वर्तमान अवस्थालाई कलात्मक तथा वैचारिक ढङ्गले प्रस्तुत गर्न सफल भएको र सङ्क्रमणकालीन समयलाई शक्तिशाली रूपमा प्रस्तुत गर्न समथ्र्य रहेकाले पुरस्कारका लागि सो पुस्तक छनोट गरिएको चितवन साहित्य सङ्गमले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया