उपसचिवले चोरी गरे

काठमाडौं, १२ चैत । प्रधानमन्त्री कार्यालयमा कार्यरत एक वरिष्ठ अधिकारी चोरीमा संलग्न रहेको भेटिएको छ । बिदाको दिन कार्यालय आएर उपसचिव नारायणराज तिमिल्सिनाले गाडी तथा मोटरसाइकलका पार्टपुर्जा चोरेका हुन् ।
प्रधानमन्त्री कार्यालयमा आर्थिक पूर्वाधार शाखाको जिम्मेवारी सम्हालेका उपसचिव तिमिल्सिना गत ४ चैत, शनिबार दिउसो आफ्नै गाडीमा सिंहदरबार पसे । कार्यालयबाट गाडीमा प्रयोग हुने म्युजिक प्लेयर, लुकिङ ग्लास, मोटरसाइकलका दुई पांग्रालगायत १३ थान सामान आºनो गाडीमा लोड गरेर बाहिरिए । तर, बाहिरिने क्रममा प्रहरीले रोकेपछि उनको पोल खुलेको हो ।
सिंहदरबार सुरक्षामा खटिएका प्रहरीका अनुसार उनले एक सहयोगीलाई आफ्नैगाडी हाक्न लगाएर सिंहदरबार छिराएका थिए । तिमिल्सिनाले गाडी तथा मोटरसाइकल खोल्ने विभिन्न नम्बरका औजार पनि सगै लगेका थिए । महानगरीय सुरक्षा प्रहरी गणका एक प्रहरीले भने, ‘कार्यालयका पुराना सामानसगै हामीले ती औजार पनि नियन्त्रणमा लियौ ।’
सिंहदरबारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक राजकुमार सिलवालले उपसचिवजस्तो व्यक्तिले बिदाको दिन गेटपासविना सरकारी सामान बाहिर लैजान लागेकाले नियन्त्रणमा लिएको बताए । उनले भने, ‘गेटपासविना सिंहदरबाट कुनै पनि सामान बाहिर लैजान पाइ“दैन । त्यसमाथि शनिबारै आएर सामान लैजानुले शंकास्पद देखियो ।’ प्रहरीले नियन्त्रणमा लिएका सामानसहित एउटा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएको सिलवालले जानकारी दिए । ‘यसमाथि कारबाही भए नभएको हामीलाई जानकारी छैन,’ उनले भने ।
यता, उपसचिव तिमिल्सिनाले आफूले सिंहदरबारबाट मोटरसाइकलका पुराना पांग्रा मात्र लगेको बताएका छन् । उनले सौर्यसग टेलिफोनमा भने, ‘मैले कवाडी सामान लगेको हु, समाचार लेख्ने खालको (विषय) होइन ।’ उनले यो घटनालाई समाचार नबनाउन संवाददातालाई बारम्बार आग्रह गरे । ‘यस्तो सामान्य विषयलाई समाचार बनाएर मलाई थप अप्ठ्यारो नपार्नुस्, प्लिज’ तिमिल्सिनाले भने, ‘मान्छेबाट कहिलेकाही गल्ती हुन्छ । त्यस्तो गल्तीलाई माफ गरिदिनुपर्छ । त्यो नै सबैभन्दा ठूलो मानवीय सहयोग हुन्छ । तपाईंले पनि त्यही गर्नुस् ।’
प्रहरी स्रोतका अनुसार यसअघि पनि तिमिल्सिनाले बिदाका दिन दिउसो कार्यालय आएर खुद्रा सामान टप्क्याउने गरेका थिए । सुरक्षामा खटिएका एक प्रहरीले भने, ‘पहिले पनि यस्ता सामान लैजाने गरेको पाइएकाले उहा“माथि केही दिन अघिदेखि निगरानी गरिरहेका थियौ“ ।’ तर, तिमिल्सिनाले भने यसअघि कुनै सामग्री नचोरेको बताए । उनले भने, ‘केही सामान लगे पनि गेटपास देखाएर लगिन्थ्यो ।’
शनिबारको घटनामा भने आफूसित गेटपास नभएको उनले बताए । तिमिल्सिनाले भने, ‘शनिबार परेकाले आज गेटपास छैन, भोलि देखाउ“छु भन्दा पनि प्रहरीले मानेन । उल्टै अनावश्यक लफडा हुनेगरी कार्यालयमा पत्र पठाएछन् ।’
मुख्यसचिव माधवप्रसाद घिमिरेले चोरीको घटनामाथि छानबिन गर्न गत शुक्रबार एक समिति बनाएका छन् । सहसचिव गेहनाथ गौतमको संयोजकत्वमा गठित समितिलाई तिमिल्सिनाको घरमा पनि खानतलासी गर्न भनिएको छ । छानबिन समितिका संयोजक गौतमले भने यसबारे केही बताउन चाहेनन् । उनले भने, ‘यो आन्तरिक कुरा हो, आन्तरिक रूपबाटै समाधान गरिन्छ, बाहिर भन्ने कुरा होइन ।’
स्रोतका अनुसार मुख्यसचिव घिमिरेले उपसचिव तिमिल्सिनालाई गत सोमबार दिउसो आफ्नै कक्षमा बोलाएर नराम्रोसग झपारेका थिए । ‘तपाईंजस्तो जिम्मेवार मानिसले त्यस्तो घृणित कार्य गर्ने ? के कर्मचारी आचारसंहितामा यही कुरा लेखिएको छ ?’ भन्दै उनले तिमिल्सिनालाई झपारेको स्रोतले बतायो । घिमिरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले प्रधानमन्त्री कार्यालयमा शिष्टाचार अभियान सुरु भएको छ तर तपार्इं बिदाको समयमा कार्यालयको सामान चोर्न आउने ? यो कुरा मिडियामा पुग्यो भने के हुन्छ ? उपसचिवजस्तो जिम्मेवार व्यक्ति चोरीका घटनामा संलग्न हुदा तपाईंको मात्र होइन, सिंगो कर्मचारीतन्त्रको बद्नामी भएको छ ।’
मुख्यसचिव घिमिरे र सचिव लीलामणि पौड्यालले घटनाको छानबिन पूरा नहुन्जेल उपसचिव तिमिल्सिनालाई आºनो कक्षमा नधाउन भनेका छन् । तिमिल्सिनाले ‘एकपटकलाई माफी दिन’ अनुनय–विनय गर्न थालेपछि उनीहरूले त्यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री कार्यादलयका सचिव पौड्यालले घटना विवरण, प्रहरीबाट आएको पत्र र सामान हेर्दा उपसचिव तिमिल्सिना दोषी देखिएको बताए । उनले भने, ‘तर, यसबारे छानबिन भइरहेकाले ठोकुवा गरेर भन्न सकिदैन । घटना सत्य पाइएमा कडा कारबाही हुन्छ ।’
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट यसअघि पनि सामान हराउथे । विगतमा कम्प्युटरको हार्ड डिक्स, ल्यापटप, प्रिन्टरमा मसी राख्ने भाडो, प्रिन्टिङ पेपर, मनिटर, पेनड्राइभ, माउस, किबोर्डलगायत सामग्री हराएका थिए । कार्यालय स्टोर शाखाका एक कर्मचारीले भने, ‘प्रधानमन्त्री कार्यालयबाट गाडी तथा कम्प्युटरका सामान हराउनुलाई सामान्य मान्न थालिएको छ ।’
प्रधानमन्त्री कार्यालयबाट ल्यापटप तथा कम्प्युटरको मनिटर हराएको बारेमा सचिव पौड्यालले सिंहदरबारका प्रहरी निरीक्षकलाई आफ्नै कार्यालयमै बोलाएर छानबिन गर्न भनेका थिए । पौड्यालको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक सिलवालले भने, ‘सचिवज्यूले छानबिन गर्नुप¥यो भन्नुभएको थियो, मैले कार्यालयकै कर्मचारीबाट यस्तो बद्मासी भएकाले प्रहरीबाट भन्दा आन्तरिक रूपमा छानबिन गर्न सुझाब दिएको थिए ।’
बालुवाटारमा घर भएका ५२ वर्षीय तिमिल्सिना ०४२ सालमा सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनले डडेलधुरा र सर्लाही जिल्लामा सिडिओको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । त्यसअघि पोखरा, जुम्लालगायत जिल्लामा स्थानीय विकास अधिकारीको जिम्मेवारीमा थिए । सूचना प्रविधि उच्चस्तरीय आयोगबाट उनी तीन वर्षअघि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए ।
आºनो निर्दोषिता पुष्टि गर्न उपसचिव तिमिल्सिनाले भने, ‘मेरो बारेमा तपाईंले अध्ययन गरे हुन्छ । यति लामो समय सरकारी सेवामा रहेर आºनो बेग्लै परिचय बनाएको मानिसको चरित्र पनि कतै नराम्रो हुन सक्छ र ? त्यो दिन के भएर त्यस्तो हुन पुग्यो म आफैले बुझ्न सकिरहेको छैन ।’

प्रतिक्रिया