तारा पुनले दिलाईन ३ स्वर्ण

नेपालगन्ज, ११ चैत । नेपालगन्जमा जारी पहिलो दक्षिण एशियाली भारोत्तोलन प्रतियोगितामा आज नेपालले ३ वटा स्वर्ण पदक प्राप्त गरेको छ ।

नेपालगन्ज रङ्गशालाको कबर्डहलमा बिहान भएका प्रतियोगितामा महिलातर्फ ६९ केजीमा तारा पुनले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा गरी ३ स्वर्ण प्राप्त गरेकी हुन् ।
उनले क्रमशः ६३ केजी, ९० केजी र १५३ केजी उचालेकी थिइन ।

सोही तौल समूहमा राजलक्ष्मी थापाले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा रजत प्राप्तगरेकी छन् । उनले क्रमशः ५६ केजी, ६८ केजी र १२४ केजी उचालेकी
थिइन् ।

७५ केजी तौल समूहमा बंगादेशकी सुलताना सापराले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ३ वटा स्वर्ण प्राप्त गरेकी छन् भने नेपालकी लक्ष्मी वनले स्नेच र टोटलमा ५० केजी र १०८ केजी उचाल्दै रजत पदक प्राप्त गर्न सफल भईन ।

नेपालकै चम्पा ठकुलाले क्लिन एण्ड जर्कमा ६० केजी उचाल्दै रजत प्राप्त गरिन । कास्य पदकमा भने स्नेच र टोटलमा ४० केजी र १०० केजी उचाल्दै नेपालकी चम्पा ठकुलाले २ कास्य र नेपालकै लक्ष्मी वन क्लिन एण्ड जर्कमा ५८ केजी उचाल्दै १ रजत प्राप्त गरिन ।

महिलतर्फकै ७५ केजी भन्दा माथीको तौल समूहमा श्रीलंककी हरिशचन्द्र एमएमडिले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा क्रमशः ७० केजी, ८८ केजी र १५८ केजी उचाल्दै स्वर्ण पदक प्राप्प गरेकी छन् ।

नेपालकी राममाया थापाले स्नेच, क्लिन एण्ड जर्क र टोटलमा क्रमशः ५८ केजी, ७८ केजी र १०६ केजी उचाल्दै रजत पदक प्राप्त गरिन । सोही तौल समूहको स्नेच, क्लिन एण्ड जर्क र टोटलमा ५६ केजी, ६८ केजी र १२४ केजी उचाल्दै बंगलादेशकी अख्तर जस्मिनले कास्य पदक प्राप्त गरिन ।

नेपाल भारोत्तोलन संघ र बाँके जिल्ला भारोत्तोलन संघको आयोजनामा संचालन भईरहेको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका महिला र पुरुष गरी ६० जना खेलाडीको सहभागिता रहेकोछ ।

प्रतिक्रिया