रिस गर्भवती !

अमेरिकी अभिनेत्री तथा फिल्म निर्मात्री रिस विदरस्पुन पती जिम टोथसँग मख्ख छिन् । उनीहरूबीचको प्रेमप्रसङ्ग सञ्चारमाध्यममा बारम्बार छाउने गरेको    छ । उनीहरूबीचको प्रेम पुनः एकपटक चर्चाको विषय बनेको छ । रिसले पति जिमको गर्भ बोकेको समाचार सार्वजनिक भएपछि उनीहरूबीचको सम्बन्ध उनका प्रशंसकहरूमाझ पुनः चर्चाको विषय बन्न पुगेको हो । यद्यपि, उनले यसबारे अहिलेसम्म केही बताएकी छैनन् । उनीबारे युएसम्यागजिन डटकमले लेखेको छ, ‘उनीहरू बच्चा पाउन खोजिरहेका छन् । रिसले गर्भ बोकेको १२ साता पूरा भइसकेको छ ।’ तर, आफू गर्भवती भएको घोषणा गर्ने योजना उनले बनाइनसकेको समाचारमा जनाइएको छ । अभिनेत्री रिसले यसअघि नै दुईवटा बच्चालाई जन्म दिइसकेकी छन् । यसअघिको आफ्ना पति रायन फिलिपका तर्फबाट उनले दुई बच्चा जन्माइसकेकी छन् ।
‘द म्यान इन द मुन’, ‘ज्याक द बियर’, ‘पिवे’, ‘इलेन्सन’, वाक द लाइन’ लगायतका दर्जनौँ फिल्ममा अभिनय गरिसकेकी रिस हलिउडकी स्थापित अभिनेत्रीमध्येमा गनिन्छिन् । उनी गर्भवती भएपछि यसले उनको अभिनयलाई प्रभावित गर्ने त होइन भनेर उनका प्रशंसक चिन्तित हुन थालेका छन् ।

प्रतिक्रिया