दोस्रो जनआन्दोलनपछि १ माघ ०६३ मा अन्तरिम संविधान बन्यो । तर, संविधानले मधेसीलाई सम्बोधन नगरेको भन्दै २ माघमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर मण्डलामा अन्तरिम संविधान जलाइयो । सरकारले गिरप्mतार गरेर अध्यक्ष यादवविरुद्ध राजद्रोहको मुद्दा लगायो । त्यसको विरुद्धमा सुरु भएको आन्दोलन मधेस विद्रोहमा परिणत भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दुईपटक देशको नाममा सम्बोधन गर्न बाध्य बनायो । मधेस विद्रोहपछि संशोधित संविधानले मधेसमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बढाउने र मुलुक सङ्घीय अवधारणामा जाने कुरा स्वीकार गरियो । २ माघको घटनाले मधेस आन्दोलन र अध्यक्ष यादवको राजनीतिक जीवनलाई समेत ‘यु टर्न’ गरिदियो । अध्यक्ष यादवको २ माघको डायरी,
मेरो डेरा सातदोबाटोमा थियो । बिहान छिट्टै निद्राले छाड्यो । सायद, अघिल्लो दिनको योजनाको ‘प्रेसर’ले पनि होला । अघिल्लो दिन जारी हुनासाथ अन्तरिम संविधान व्यापक अध्ययन गरेको थिए, मैले । हाम्रो भावना समेटिएन भन्ने निष्कर्षमा पुगिसकेपछि अघिल्लो दिन नै निर्णय गरिसकेका थियौ“, ‘मधेसीलाई सम्बोधन नगरेको अन्तरिम संविधान जलाउनुपर्छ ।’ आन्तरिम संविधान जलाउने समय र स्थान पनि तय गरिसकेका थियौ । बिहानको नृत्यकर्म सकेपछि फेरि साथीहरूलाई एकसरो फोन सम्पर्क गरे । ममा एक प्रकारको उत्तेजना, आवेग र आक्रोश पनि थियो, किनभने सबैको बलिदानबाट बनेको अन्तरिम संविधानले मधेसीलाई छोएकै थिएन । मधेसीचाहि“ नेपाली जनता नै होइनन् जस्तोगरी संविधान जारी गरिएको थियो ।
बिहान नौ बजे नै मधेसी जनअधिकारका सबै नेता सातदोबाटोमा जम्मा भयौ । किशोर विश्वास, उपेन्द्र झा, बिपी यादवलगायतका २०, २५ जना साथी हुनुहुन्थ्यो । १० बजेसम्म सबै माइतीघर मण्डलामा जम्मा भइसक्ने योजना थियो हाम्रो । साथीसग कार्यक्रमका बारेमा एकसरो छलफल गरिसकेपछि माइतीघर मण्डलातिर लाग्यौ हामी । सातदोबाटोबाट विश्वास, झा, यादव र म ट्याक्सीमा गयौ । अरू साथी, कोही मोटरसाइकलमा आए, कोही माइक्रोबसमा । हामी ठीक दस बजे माइतीघर मण्डला पुग्दा ५०, ६० जना जति साथी भेला भइसक्नुभएको रहेछ । साथीहरूमा पनि आक्रोश र आन्दोलनप्रतिको उत्साह थियो । ‘अधिकारका लागि लड्नुपर्छ’ भन्ने चेत जागेको थियो । सबै साथीको उत्साह र प्रतिबद्धताले मलाई झनै ऊर्जा मिलिरहेको थियो ।
हाम्रो पूर्वानिर्धारित कार्यक्रम थाहा पाएर प्रहरीले अघि नै माइतीघर मण्डलालाई घेरा हालिसकेको रहेछ । प्रहरीले हामीलाई गिरङ्खतार गर्ने निश्चितजस्तै थियो । मानसिकरूपमा गिरङ्खतारी दिन तयार भएरै हामी त्यहा पुगेका थियौ । मधेसमा आन्दोलन चर्काउनका लागि जिल्लाका साथीहरूलाई ‘एलर्ट’मा बस्न भनिसकेका थियौ । हामीले करिब साढे दस बजेतिर प्रहरीको घेरा तोडेर अन्तरिम संविधान जलायौ । प्रहरीको घेरा तोडेर माइतीघर मण्डलाको बीचभागमा अन्तरिम संविधान जलाउदा एउटा युद्ध जितेजस्तै लागेको थियो । तर, त्यो केवल सुरुआत मात्रै थियो । संविधान जलाउनासाथ प्रहरीले घेरा हालेर गिरङ्खतार गरे । हामी २२ जनालाई प्रहरीले भ्यानमा कोचेर नया बानेश्वरस्थित प्रहरी चौकीमा लग्यो । चौकीको साघुरो कोठामा साझसम्म भेडाबाख्रा राखेजस्तो गरी कोचेर राखियो हामीलाई । त्यहाबाट साझ ६ बजेतिर हामीलाई फेरि अपराधीलाई जसरी प्रहरीको भ्यानमा कोचेर हनुमानढोका लगियो । मानौ, हामी अपराधी हौ । हनुमानढोकाको कैदीबन्दी भेट्न जाने बाटामा उभ्याएर राखियो । प्रहरीको हामीप्रतिको विषयमा कुरा गरेर रात कटायौ“ । कोही पनि साथी झिमिक्क पनि सुत्न सक्नुभएन ।
कुनै खास घटनाका कारण मान्छेको जीवन मात्रै नभएर राजनीतिक जीवन पनि परिर्वतन गरिदिन्छ । २ माघ मेरो राजनीतिक जीवन र मधेस विद्रोहका लागि खास दिन थियो । जब त्यो दिन पक्राउ गरेर मविरुद्ध राजद्रोहको मुद्दा लगाउने प्रयत्न गरियो । यसपछि मधेस एकाएक जागेको थियो । त्यही दिनबाट सुरु भएको मधेस आन्दोलन मधेस विद्रोहको रूपमा परिणत भयो । मधेस विद्रोहपछि संशोधित संविधानले मधेसमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बढाउने र मुलुक सङ्घीय अवधारणामा जाने कुरा स्वीकार त गरियो नै । सिहंदरबारमा केन्द्रित राज्यसत्ताको जरा पनि नराम्ररी हल्लाइदिएको थियो ।
प्रस्तुतिः राजेश
प्रतिक्रिया