नेश्नल ट्रेडिङका अध्यक्षको राजीनामा स्वीकृत

काठमाडौं, १० चैत । सरकारले नेश्नल ट्रेडिङ लिमिटेडका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।

मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिए । सरकारले नेपाल दुग्ध विकास संस्थान बोर्डको कार्यकारी निर्देशकमा बाबुकाजी श्रेष्ठलाई नियुक्त गरेको छ ।

सरकारले काठमाडौँ तराई जोड्ने फास्ट ट्रयाक निर्माण तथा कार्यान्वयनका लागि अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन दिन सरकारका पूर्व सचिव वीरेन्द्र बहादुर देउजाको संयोजकत्वको समिति गठन गरेको छ । सात सदस्यिय समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको शिक्षामन्त्री शर्माले जानकारी दिए ।

सरकारले इन्टरनेसनल एयर ट्रान्सफोर्ट एसोसियसन (आईएटिए)को कन्ट्री अफिस नेपालमा सञ्चालनका लागि पाँच वर्षको अनुमति प्रदान गरेको छ ।

हेटौडास्थित टिम्बर कर्पोरेसन लिमिटेडको स्वामित्वमा रहेको १५ बिघा जमिन स्थानीय विकास मन्त्रालयको नाममा स्वामित्व हस्तान्तरण गर्ने निर्णयपनि मन्त्रिपरिषदले गरेको छ ।

प्रतिक्रिया