‘राजनीतिक सहमति खोज्ने उपसमिति निर्णय’

काठमाडौं, १० चैत । संवैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिले शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुराउने र संविधानसंग सम्बन्धित टुंगो लाग्न राजनीतिक सहमति आवश्यक रहेको निष्कर्ष निकाल्दै परामर्शलाई तिब्रता दिने निर्णय गरेको छ ।

संविधानका बिवादित बिषय र शान्ति प्रक्रियाका बाँकी सबै विषयमा सहमति कायम गर्न राजनीतिक तहमा छलफल गर्ने निर्णय भएको संवैधानिक समितिका सचिव टेकप्रसाद ढुङगानाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा नयाँ संविधानका टुंगो लाग्न बाँकी सबै विषयहरुमा सहमति कायम गर्न विस्तृत रुपमा छलफल भएको नेताहरुले बताएका थिए ।

दलहरुका बीच शासकीय स्वरुप, राज्य पुनसंरचना, न्यायप्रणालीलगायतका बिषयमा बिवाद छ । बिवादित समग्र बिषयमा सामान्य छलफल भएपनि उपसमितिले ठोस निर्णय भने गर्न सकेन ।

बिवादित बिषयमा सहमति खोज्नका लागि सकरात्मक रुपमा छलफल भईरहेकाले अझ केही समय सहमतिको प्रयास गर्ने निर्णय भएको सचिव ढुङगानाले बताए ।

बैठकमा उपसमिति संयोजक तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता रामचन्द्र पौडेल, प्रधानमन्त्री बाबुराम भट्टराई, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संवैधानिक समितिका सभापति नीलाम्वर आर्चाय सहित अन्य ८ जना आमन्त्रीत सभासद सदस्यहरुको सहभागिता रहेको थियो ।

उपसमितिको अर्को बैठक आगमी चैत्र १४ गते मंगलबार बिहान साढे आठ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया