बौद्ध कथामा ‘कृषा गौतमी’

काठमाडौः बुद्धदर्शनसम्बन्धी कथामा आधारित भएर चलचित्र बनाउने क्रम बढेसँगै बिहीबार राजधानीमा यस्तै एक चलचित्रको शुभमुर्हूत गरिएको छ । नेपाल भाषामा निर्माण हुने उक्त चलचित्रको नाम हो- कृषा गौतमी । गुण सिनेमा प्रालिको ब्यानरमा डिजेन्द्र शाक्यले यसको निर्माण गर्न लागेका हुन् ।
मेलिना मानन्धर, शिव श्रेष्ठ, महेश शाक्य कर्मा, लक्ष्मी गिरीलगायतको मुख्य भूमिका रहने चलचित्र रामकृष्ण खड्गीले निर्देशन गर्नेछन् । यस ब्यानरले यसअगाडि पनि यस्तै कथामा चलचित्र पटाचारा बनाएको थियो । सो चलचित्रको प्रदर्शनबाट उठेको फाइदा बौद्धविहार एवम् स्कुलहरूमा सहयोग गरिएको जानकारी दिँदै निर्माणसमूहले यो चलचित्रबाट उठेको रकम पनि त्यस्तै कार्यमा सहयोग गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया