पानी दिवसमै काकाकुल राजधानी

काठमाडौ, ९ चैत । सरकारी र गैरसरकारी सङ्घसंस्थाले बिहीबार राजधानीका तारे होटेलमा विश्व पानी दिवसका अवसरमा कार्यक्रम गरिरहदा काठमाडौ उपत्यकाका करिब २२ लाख उपभोक्ताको धारामा पानी आएन । मागअनुरूप पानी आपूर्ति गर्न नसक्दा काठमाडौ उपत्यका खानेपानी लिमिटेड

(केयुकेएल)का २७ लाख उपभोक्तामध्ये २१ लाख ८७ हजारको धारामा पानी नपुगेको हो ।
केयुकेएलका अनुसार २७ लाख उपभोक्ताको दैनिक माग ३५ करोड लिटर छ तर आपूर्ति १० करोड लिटर मात्रै प्रतिदिन भइरहेको छ । त्यसमा पनि ३५ प्रतिशत चुहावटबाट ग्राहकको धारासम्म दैनिक जम्मा ६ करोड ५० लाख लिटर मात्रै पुग्छ । जुन जम्मा मागको १९ प्रतिशत हो । त्यसबाट पा“च लाख १३ हजार उपभोक्ताको घरमा मात्रै पानी वितरण हुन्छ ।
सुख्खायाममा पानीको स्रोतबाट कम पानी सङ्कलन भएकाले ६ र ८ दिन बिराएर वितरण गर्दा थोरै उपभोक्ता मात्रै लाभान्वित भइरहेको केयुकेएलका उपप्रबन्धक सुरेशप्रसाद आचार्यले बताए । ‘सुख्खायाममा कम पानी सङ्कलन भइरहेको छ, त्यसैले ८० प्रतिशत उपभोक्तालाई पानी पुर्‍याउन सकिएको छैन,’ उनले सौर्यसग भने ।
उनले पानीको स्रोत सीमित र माग बढेको बढ्यै गर्दा सुख्खायाममा मात्रै नभई वर्षात्मा पनि मागअनुसार पानी वितरण गर्न सक्ने अवस्था नरहेको बताए । केयुकेएलले सतहगत मुहान शिवपुरी, बोडे, सुन्दरीजल, महांकाल चौर, दूधपोखरी, शेषनारायण, फर्पिङलगायत र सतहमुनिमा धोबीखोला, महाराजगन्ज, मनोहरा, त्रिपुरेश्वर, बासबारीलगायतबाट पानी सङ्कलन गर्दै आएको छ । त्यस्तै, केयुकेएलले ८० वटा डिप ट्युबेलबाट भूमिगत पानी तानेर सङ्कलन गर्छ । सुख्खायाममा लोडसेडिङका कारण भूमिगत पानी तान्न नसक्दा समस्या थपिएको आचार्यले बताए । उनले मुहान र जमिनमुनिको पानीको स्रोत दुवै बढाउन सक्ने अवस्था नरहेकाले मेलम्ची नआएसम्म पानी अभाव भइरहने बताए ।
केयुकेएलका अनुसार अहिले संस्था वार्षिक २० करोड घाटामा चलिरहेकाले सामान्य मर्मत–सम्भारबाहेकको काम गर्न सक्ने अवस्थासम्म छैन । ‘केयुकेएलको वार्षिक आम्दानी ४४–४५ करोड छ र खर्च करिब ६४–६५ करोड रुपिया,’ केयुकेएलका एक कर्मचारीले भने, ‘यत्तिकै अवस्थामा चल्न त शुल्क बढाउनुपर्ने अवस्था छ भने मर्मत–सम्भार कसरी गर्नु ? त्यसैले मेलम्ची कुर्नुपरेको छ ।’
१ फागुन ०६४ देखि पानीको समस्या कायम रहेको र एक दिन बिराएर खानेपानी वितरण भइरहेका बेला त्योभन्दा सहज आपूर्ति गर्ने भन्दै केयुकेएलले नेपाल खानेपानी संस्थानबाट खानेपानी व्यवस्थापनको जिम्मा लिएको थियो । तर, त्यसअनुरूप पानी उपलब्ध नभएपछि उपभोक्ता आक्रोशित छन् ।
‘दिनदिनै र धेरै पानी वितरण गर्छु भनेर उतिबेला आश्वासन दिएको थियो तर हविगत उल्टो भयो,’ उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव रामचन्द्र सिंखडाले भने ।
सहरी खानेपानी तथा सरसफाइ नीति ०६५ मा सहरी क्षेत्रका बासिन्दालाई प्रतिव्यक्ति दिनमा सय लिटर पानी हुनुपर्छ भन्ने व्यवस्था छ । केयुकेएलको वितरणबाट भने एक चौथाइ उपभोक्तामात्रै लाभान्वित र दिनहु तीन चौथाइ पहुचबाहिर रहनुले नीतिको खिल्ली उडाएको सिंखडाले बताए ।
केयुकेएलले न्यूनतम पानी प्रयोग गरेबापत प्रतिमहिना ५५ र ढल व्यवस्थापनका लागि थप १० रुपैया महसुल लिदै आएको छ । १० वटा शाखा भएको केयुकेएलले एक लाख ७३ हजार सात सय चारवटा धारामार्फत २७ लाख उपभोक्तालाई सेवा पुर्‍याउदै आएको छ ।

प्रतिक्रिया