बोक्सी भन्दै बहिनीज्वाइँले यो गति पारे

म दुई छोरीसहित गोठाटारमा बस्छु । श्रीमान् बितिसक्नु भो । ड्राइभिङ काम गर्ने ज्ञानेन्द्र मेरा बहिनीज्वाइ हुन् । ज्ञानेन्द्रको जेठी श्रीमतीबाट बच्चा नजन्मिएपछि उनी पोइल गएकी रहिछन् । सन्तान पाउने लालसामा पाच वर्षअघि उनले मेरी बहिनी तारास“ग विवाह गरेका हुन् ।

ताराबाट पनि सन्तान नहुने छाट देखिएपछि उनीहरू धामीलाई हेराउनतिर लागे । उनीहरूले पछिल्लोपटक मामा पर्ने काभ्रेकै भवानीशङ्कर गौतमलाई हेराएका थिए । धामीले बोक्सी लागेकाले सन्तान नभएको भनिदिएछन् । ताराले सुरुमा हाम्रै दिदी बानेश्वर बस्ने सीता तिमल्सिनालाई बोक्सीको आरोप लगाएकी थिइन् ।
बिहीबार बिहान नौ बजेतिर मामा पर्ने दिलीपले तारालाई धामी चढ्यो भन्दै मलाई हेर्न बोलाए । सुरुमा त मैले पत्याइन । तैपनि, के भएको रहेछ भनी हेर्न ज्ञानेन्द्रको घरमा १० बजेतिर पुगे । त्यतिबेला तारा घरको बरन्डामा थिइन् । तर, केही बोलिनन् । एकछिनपछि उनी बर्बराउन लागिन् । मैले ‘बहिनी’ भनेर उनलाई बोलाए । तर, ताराले आºनो शरीरमा धामी
(मामा पर्ने) चढेको भन्दै आपूmलाई बहिनी होइन, मामा भनी बोलाउन ओदश दिइन् । म अचम्ममा परे“ ।
दिउसो १२ बजेतिर ताराले बर्बराउदै ‘सिते’ (सीता तिमल्सिना) कुनै न कुनै रूप धारण गरी यहा आउछे, भनिन् । छक्क परेर मैले सोधे, ‘त्यस्तो पनि हुन सक्छ र ?’ १२ बज्नै लाग्दा नुवाकोटकी बहिनी ढोलकुमारी पनि घरमा आइपुगिन् । उनलाई देख्नासाथ सितेको रूप यही हो भन्दै तारा झम्टिन पुगिन् । सगै रहेका ज्वाइ ज्ञानेन्द्रले ढोलकुमारीलाई समाते, दिलीपले पनि सघाए । हेर्दाहेर्दै ढोलकुमारीलाई उनीहरूले भुइमा पछारे । ज्ञानेन्द्रले थिचे ।
दिलीपले कहिले हसियाले त कहिले कोदालोले ढोलकुमारीलाई हिर्काउन लाग्यो । तारा बर्बराउदै थिइन् । अति भएपछि मैले उनीहरूलाई यस्तो काम रोक्न बिन्तीभाउ गरे । उनी मर्छिन् भनेर ज्ञानेन्द्र र दिलीपलाई पटक–पटक सम्झाए । तर, उनीहरूले आºनो कर्तुत छाडेनन् ।

घटना हेर्न नसकेर म आफै  एकोहोरो हुन पुगे । बर्बराउदै गरेकी ताराले म एकोहोरो भएको देखेपछि किन एकोहोरिएको भनी सोधिन् । म केही बोल्न सकिन र मेरो अनुहारै नीलो भएछ । पछि तारा उफ्रिदै यसलाई पनि सीतेको प्रेत चढेछ भन्दै झम्टिन पुगिन् । सगै रहेका ज्ञानेन्द्र र दिलीप अब मतिर आइलागे । मलाई च्याप्प समातेर भुइमा पछारे । अनि हसियाले आखामा घोच्न लागे । शरीरमा पनि जथाभावी हिर्काए । चिच्याउन नदिएर मुख थुने । लछारपछार गर्दै शरीरभरि हसिया, खुर्पा, पन्यु र कोदालो बर्र्साए । घटनाबारे गाउका कसैले प्रहरीलाई खबर गरेका रहेछन् । मलाई आक्रमण भइरहदा प्रहरी आइपुगे र मलाई अस्पताल ल्याए । म त बाँचे, मेरी बहिनी ढोलकुमारीलाई कस्तो भयो होला ?
प्रस्तुति, टेकराज

बोक्सीको आरोपमा दिदीबहिनीलाई यातना

टेकराज थामी

काठमाडौ, ९ चैत । बोक्सीको आरोपमा महिलालाई यातना दिने सिलसिला राजधानी काठमाडौमै प्रवेश भएको छ । काठमाडौ“को जोरपाटी नयाबस्ती–२ मा बोक्सीको आरोपमा दुई दिदीबहिनीलाई बिहीबार शारीरिक यातना दिइएको हो ।
यातना पाउने गोठाटार–९ की ३७ वर्षीया सुनिता पुडासैनी र भोजपुरकी ४२ वर्षीया ढोलकुमारी दाहाल हुन् । यातनाका कारण सुनिताको दुवै आ“खामा चोट लागेको छ भने ढोलकुमारीको शरीरभरि काटिएको चोट छ । दुवै महिलालाई जोरपाटी बोलाई ३५ वर्षीय ज्ञानेन्द्र दाहाल, २६ वर्षीया तारा दाहाल र २८ वर्षीय दिलीप तिमल्सिनाले यातना दिएका हुन् । दिउ“सो एक बजे उनीहरूलाई ‘बोक्सी’ भन्दै पालैपालो यातना दिइएको थियो ।
यातना दिनेमध्ये ज्ञानेन्द्र र तारा श्रीमान्÷श्रीमती हुन् भने दिलीप नातेदार हुन् । पीडित सुनिता र ढोलकुमारी दुवै ताराका दिदी हुन् । घाइते सुनितालाई उपचारका लागि तिलगङ्गा आखा अस्पताल लगिएको थियो । केही आराम भएपछि बिहीबार बेलुका आठ बजे उनलाई घर फर्काइएको छ । उनलाई बहिनीज्वाइ ज्ञानेन्द्र र मामा पर्ने दिलीपले ह“सियाले आ“खामा हिर्काएका थिए । उनकी दिदी ढोलकुमारीलाई भने बिएन्डबी अस्पतालमा राखिएको छ । ढोलकुमारीको कान काटिएको र शरीरभरि चोट रहेको आफन्त नरहरि पुडासैनीले बताए । उनलाई पनि हसिया, खुर्पा, कोदालो र पन्यु प्रहार गरिएको थियो ।
सन्तानविहीन ज्ञानेन्द्र र ताराले काभ्रेका धामी ६५ वर्षीय भवानीशङ्कर गौतमलाई हेराउन जोरपाटीस्थित आºनो घरमा बोलाएका थिए । धामीले बोक्सीका कारण सन्तान नभएको भनिदिएपछि ताराले आºनै दिदी पर्ने बानेश्वरकी सीता तिमल्सिनालाई बोक्सीको आरोप लगाएकी थिइन् । धामी चढेको भन्दै तारा स्वयं बर्बराउन लागेपछि सुनिताका मामा पर्ने दिलीपले फोन गरी ढोलकुमारी र सुनितालाई हेर्न बोलाएका थिए । ताराले धामी चढेको ढोंग गर्दै ढोलकुमारी र सुनितामा सीताको प्रेत चढेको बताएपछि ज्ञानेन्द्र र दिलीपले दुवैलाई शारीरिक यातना दिएका थिए ।
घरमा चिच्याहट सुनेपछि जम्मा भएका छिमेकीलाई भने दिलीपले ‘गहना हराएकाले खोजी गरिएको’ भनेका थिए । घटनास्थलमा प्रहरी पुगेपछि मात्रै सार्वजनिक भएको थियो । घटनाका अभियुक्त ज्ञानेन्द्र, तारा, दिलीप र भवानीशङ्कर, जोरपाटी–२ कै २७ वर्षीया सीता तिमल्सिना र २० वर्षीया भवानी दाहाललाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । घटनास्थलबाट प्रहरीले हसिया, खुर्पा, पन्यु, सिउडी, कोदालोलगायत सामग्री बरामद गरेको छ । वृत्तका डिएसपी श्यामलाल ज्ञवालीले सुनिताको आखामा गम्भीर चोट लागेको बताए ।’

प्रतिक्रिया