मेसी बार्सिलोनाका सर्वाधिक गोलकर्ता

मेड्रिड, ८ चैत । लियोनेल मेसीले ला लिगाअन्तर्गत नउ क्याम्प रङ्गशालामा मङ्गलबार राति ग्रानाडाविरुद्ध भएको खेलमा ह्याट्रिक गरे र उनको क्लब ५–३ ले विजेता बन्यो भने यससगै उनले बार्सिलोनाको साठी वर्ष पुरानो सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गरेका छन् ।
मेसीले १७ औं मिनेटमा भली प्रहार गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमानको बराबरी गरे भने ६८ औं मिनेटमा गोलकिपरको टाउकोमाथिबाट प्रहार गर्दै उक्त कीर्तिमान भङ्ग गरे । यी अर्जेन्टिनी खेलाडीको तेस्रो गोल डानी एल्भिजको पासमा खेल सकिनुभन्दा चार मिनेट पहिला भएको थियो । सबैभन्दा धेरै गोलको सङ्ख्या पहिले २ सय ३५ भए पनि एउटा पत्रिकाको अनुसन्धानपछि त्यसलाई घटाएर २ सय ३२ मा झारिएको थियो । बार्सिलोना क्लबको ‘सेन्टर फर डक्युमेन्टेसन एन्ड स्टडिज’ र स्थानीय पत्रिका ‘ला भेङ्गार्डिया’ ले सन् १९५० को दशकमा खेल्दै सबैभन्दा धेरै व्यक्तिगत गोल गर्ने कीर्तिमान कायम गरेका सिजर रोड्रिगेजको रेकर्डबारे संयुक्त छानबिन गरेका थिए । संयुक्त अध्ययनले देखाएअनुसार, रोड्रिगेजले अहिलेसम्म सोचिएको भन्दा तीन गोल कम गरेका रहेछन् ।
‘फिफा वर्ष खेलाडी’ २४ वर्षीय मेसीले बार्सिलोनाका लागि आठौं सिजन खेलिरहेका छन् र चालु सिजनमा मात्र सबै किसिमका प्रतियोगितामा गरेर उनले अहिलेसम्म ५४ गोल गरिसकेका छन् ।
उनी चालु सत्रमा ला लिगामा २७ खेलमा ३४ गोल गरेर सबैभन्दा बढी गोल गर्ने खेलाडी बनिसकेका छन् । उनको यो गोलसङ्ख्या रियल मेड्रिडका क्रिस्चियानो रोलान्डोभन्दा दुई अङ्कले धेरै छ । तेस्रो स्थानमा रहेका एथलेटिको मेड्रिडका फाल्काओले १७ गोल गरेका छन् ।
‘हामीले मेसीलाई बधाई दिनुपर्छ । उनले यति धेरै गोल गरेका छन् । उनी केवल २४ वर्षका मात्र छन् र उनले केवल सामान्य मात्र नभएर अद्भूत गोलहरू पनि गरेका छन् । हामीलाई विश्वास छ, उनले यस्ता अझ धेरै गोल गर्नेछन् । हामी उनलाई फुटबलका माइकल जोर्डन (महानतम अमेरिकी बास्केटबल खेलाडी) भन्न सक्छौं,’ बार्सिलोनाका प्रशिक्षक पिप गार्डियोलाले भने ।
‘वर्तमान समयमा यतिविधि प्रभावपूर्ण ढङ्गले खेल्न सक्ने कुनै अर्को खेलाडी कतै पनि छैन । हरेक खेलमा त्यस्तो खास खेल–कौशल भएको कोही एक खेलाडी हुन्छ । कुरा यही नै हो । त्यसकारण, मेसीलाई माइकल जोर्डनसित तुलना गर्न सकिन्छ,’ गार्डियोलाले भने । आङ्खना साथी खेलाडीबारे बार्सिलोनाका गोलकिपर भिक्टर भालदेज भन्छन्, ‘मेसीले एउटा युगलाई नै परिभाषित गरिरहेका छन् । उनी ‘बेस्ट’ छन् ।’
मेसीले उक्त कीर्तिमान बार्सिलोनाले ग्रानाडालाई पराजित गरेको म्याचमा कायम गरेका हुन् । यो जितस“गै बार्सिलोना ला लिगाको शीर्षस्थानमा रहेको प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा अब पा“च अङ्कले मात्र पछाडि रहेको छ । यी दुई क्लबबीच आगामी अप्रिल २२ मा नउ क्याम्प रङ्गशालामा हुनेछ । मेसीले कीर्तिमान भङ्ग गरेको समाचार सार्वजनिक हुनासाथ क्लब समर्थकहरू सडकमा निस्किएर हर्न बजाउदै र बियर खादै खुसियाली मनाउन थालेका थिए ।
रोड्रिगेजले मूलतः बार्सिलोनाका लागि खेल्दै १३ वर्षको अवधिमा पा“च ला लिगा च्याम्पियनसिप जितेका थिए । उनी १९४८–४९ को सिजनमा २४ खेलबाट २८ गोलसहित लिगका सर्वाधिक गोलकर्ता थिए भने त्यसपछि लगातार सात सिजनसम्म बार्सिलोनाका लागि हाइएस्ट स्कोरर बनेका थिए । सन् १९६३–६४ मा बार्सिलोनालाई प्रशिक्षणसमेत दिएका उनी विशेषतः कर्नरमा गोल गर्ने क्षमताका लागि चिनिएका थिए ।
सन् १९४५ देखि १९५२ को अवधिमा स्पेनिस राष्ट्रिय टोलीका लागि १२ म्याच खेलेका उनले ६ गोल पनि गरेका थिए । ‘क्लब लिजेन्ड’ को रूपमा रहेका पाउलिनो अल्कान्टाराले बार्सिलोनाका लागि सन् १९१२ र १९२७ गरी दुई अवधि खेलेका थिए । त्यो बेला ३ सय ५७ म्याच खेलेका उनले ३ सय ६९ गोल गरेका थिए तर उनी ला लिगा प्रतियोगिता सञ्चालन हुनुभन्दा पहिलेको समयमा खेल्ने गरेको हु“दा उनले गरेकामध्ये केवल १ सय ३७ गोल मात्र अफिसियल मानिन्छन् ।

प्रतिक्रिया