रजनीकान्त गायक !

मुम्बईः दक्षिण भारतीय सुपरस्टार रजनीकान्त गायक पनि भएका छन् । भर्खरै उनले कान्छी छोरीको निर्देशनमा तयार हुन लागेको कोचादाइयाका लागि एआर रहमानको सङ्गीतमा गीत गाएको एजेन्सीले उल्लेख गरेको छ । त्यसो त उनले बीस वर्षअगाडि पनि गीत रेकर्ड गराइसकेको रहेछन् । पछिल्लोचोटिको यो गीत गाउन उनले स्टुडियोमा दुई घन्टा खर्च गरेको बताइएको छ । गीतको बीचबीचमा उनकै आवाजको संवाद पनि रहने एजेन्सीले बतायो । उक्त गीतको छायाङ्कन आगामी महिना लन्डनमा गरिने भएको छ । रजनीकान्त मुख्य भूमिकामा रहने सो चलचित्रमा बलिउड नायिका दीपिका पादुकोण उनकी जोडी रहनेछिन् ।

प्रतिक्रिया