त्रिभुवन सदन पहिलेजस्तै बनाइने

काठमाडौ, ८ चैत । राजा वीरेन्द्र शाहको वंशनाश भएको स्थान नारायणहिटी दरबारभित्र रहेको त्रिभुवन सदन पहिलेजस्तै देखिनेगरी पुनःनिर्माण गरिने भएको छ । दरबार हत्याकाण्डको पा“च वर्षपछि ०६३ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सो भवन भत्काउन लगाएका थिए ।
संस्कृति मन्त्रालयले त्रिभुवन सदन पुनःनिर्माण गर्न निर्देशन दिएपछि नारायणहिटी दरबार सङ्ग्रहालयले काम अघि बढाएको हो । त्रिभुवन सदनलाई पहिलेजस्तै पार्नेगरी सङ्ग्रहालयले नक्साङ्कन गर्दै छ । त्रिभुवन सदन निर्माण भएपछि सङ्ग्रहालय अवलोकन गर्न गएका दर्शकले वीरेन्द्रको वंशनाश भएको ठाउ“ हेर्न पाउनेछन् ।
०५८ जेठ १९ गते राति त्रिभुवन सदनमा भएको अकल्पनीय गोलीकाण्डमा तत्कालीन राजपरिवारको निधन भएको थियो । स्रोतका अनुसार पूर्वबडामहारानी रत्नको सल्लाहमा ज्ञानेन्द्रले त्रिभुवन सदन भत्काएका थिए । ‘रत्नले त्रिभुवन सदनको चिनो नरहनेगरी भत्काउन भन्नुभएको थियो,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार रत्नले राति सपनामा आफूलाई सध“ै त्यही घरले तर्साइरहेको गुनासो गरेकी थिइन् । ‘त्यो ठाउ“ भत्काएपछि मलाई घटना बिर्सन सजिलो होला,’ रत्नले ज्ञानेन्द्रलाई भनेकी थिइन् ।
नारायणहिटी सङ्ग्रहालयले पुरानै स्वरूप र साजसज्जा कायम रहनेगरी भवनको पुनःनिर्माण गर्दै छ । ‘यो आर्थिक वर्षभित्र पुनःनक्साङ्कन सक्नेछौ“ र अर्को आर्थिक वर्षभित्र पुनःनिर्माणको काम सम्पन्न हुनेछ,’ नारायणहिटी सङ्ग्रहालयका प्रमुख रेखबहादुर कार्कीले सौर्यसग भने । पुनःनक्साङ्कनको ६ लाख रुपिया“ बजेट माग गरिएको उनले जानकारी दिए । ‘बजेट आउनेबित्तिकै पुनःनिर्माणको काम सुरु गर्छांै,’ कार्कीले भने ।
नारायणहिटी सङ्ग्रहालयमा अवलोकन गर्न जाने सबैको चासो गोलीकाण्ड भएको ठाउ“को बारेमा रहने गरेको सङ्ग्रहालयका एक कर्मचारी बताउ“छन् । सङ्ग्रहालयले हत्या गरेको ठाउ“लाई चिनो लगाएर देखाइदिएको छ । भत्काइएको त्रिभुवन सदनको जग देख्न सकिन्छ ।
यसैबीच, सरकारले नारायणहिटी सङ्ग्रहालय परिसरभित्र गणतन्त्र स्मारक निर्माण गर्ने भएको छ । भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले गणतन्त्र स्मारक निर्माणका लािग दुई करोड रुपिया“ छुट्याएको जानकारी दिए ।

प्रतिक्रिया