देउवा पक्ष सभापतिसँग क्रुद्ध

काठमाडौ, ८ चैत । पूर्वसहमतिविपरीत नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समिति गठन गरेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले निर्णय नसच्याएसम्म अन्य भ्रातृसङ्गठन गठनका लागि आºनो तर्फबाट नाम नदिने निर्णय गरेको छ । नेपाल तरुण दल र महिला सङ्घको केन्द्रीय समितिमा सहभागी गराउन आºनो तर्फबाट दिएको नामसमेत सभापति सुशील कोइरालासग फिर्ता माग्ने निर्णय देउवा पक्षको बैठकले गरेको छ ।
देउवानिवास बूढानीलकण्ठमा बुधबार बसेको उनीनिकट केन्द्रीय सदस्यहरूको बैठकले आºनो समूहबाट नेविसङ्घको केन्द्रीय समितिमा परेकालाई राजीनामा गर्न आग्रहसमेत गरेको छ । संस्थापन पक्षबाट पटक–पटक सहमति उल्लङ्घन भएको आरोप बैठकमा नेताहरूले लगाएका थिए । बैठकमा सहभागी केही केन्द्रीय सदस्यले सङ्घको समानान्तर केन्द्रीय समिति गठन गर्नुपर्ने धारणा राखेका थिए । तर, तत्काल समानान्तर समिति बनाउने भन्दा निर्णयको विरोधलाई प्रखर तुल्याउने निष्कर्ष बैठकले निकालेको थियो ।
नेविसङ्घमा मनोनीत देउवा पक्षका नेताले बुधबार नै सभापति कोइरालालाई सामूहिक राजीनामा बुझाउने तयारी गरेका थिए । तर, सभापतिले कार्यव्यस्तता देखाउदै समय नदिएपछि बुधबार राजीनामा बुझाउन नसकेको मनोनयनमा परेका नेता ऋषिकेशजङ्ग शाहले बताए । ‘हामीले सभापतिस“ग भेट्न समय मागेका छौ, समय पाएपछि राजीनामा बुझाउछौ,’ उनले भने, ‘सबैको हस्ताक्षरसहित राजीनामा पत्र तयार भइसकेको छ । नेविसङ्घको केन्द्रीय समितिमा देउवा पक्षका २८ जना सदस्य परेका छन् ।
देउवा पक्षको असहमतिका बीच आइतबार कांग्रेसले एक सय एकजना सदस्य रहेको सङ्घको केन्द्रीय समिति गठन गरेको थियो । भ्रातृसङ्गठनका प्रमुख तोक्दा सभापति सुशील कोइराला र वरिष्ठ नेता देउवाबीच दुवै पक्षबाट २३, २३ को भागबन्डाका साथै अध्यक्षलाई चारजना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिनेगरी ५१ जनाको केन्द्रीय समिति बनाउने सहमति भएको थियो ।
उता, सङ्घको केन्द्रीय समिति निर्माणका लागि पार्टी महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा गठित समितिका सदस्य सुरेन्द्र पाण्डेले बुधबार पार्टी केन्द्रीय कार्यालयमा आºनो असहमतिपत्र दर्ता गराएका छन् । सभापतिलाई सम्बोधन गरी लेखिएको पाचबुदे असहमतिपत्रमा पार्टीका नेताहरूको सहमतिमै भ्रातृसङ्गठनका प्रमुख तोकिएको स्मरण गराउ“दै केन्द्रीय समितिसमेत सहमतिमै गठन गर्ने पहिलेको सहमतिको उल्लङ्घन भएको उल्लेख छ ।

प्रतिक्रिया