राज्य पुनसंरचनाको जिम्मेवारी नेपाललाई

काठमाडौं, ८ चैत । दोस्रो ठूलो विपक्षी दल नेकपा (एमाले) ले राज्य पुनसंरचनाका बिषयमा कंक्रिट धारणा बनाउने जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको छ ।

पार्टी मुख्यालय बल्खुमा आज बसेको एमाले स्थायी समिति बैठकले राज्य पुनसंरचनाका बिषयमा धारणा सहितको प्रस्ताव तयार पार्न नेपाललाई जिम्मेवारी दिने निर्णय गरेको एमालेले जनाएको छ ।

राज्य पुनसंरचनका बिषयमा जातीयताका आधारमा संघीयतामा जान नहुने जनाउदै आएको एमालेले पहिचा र सामथ्र्यका आधारमा राज्य पुनसंरचना गर्न सुझाव दिदैं आएको छ ।

नेपालले तयार पार्ने प्रस्तावमा छलफल गरेर पार्टीका तर्फबाट आधिकारीक रुपमा सार्वजनिक गरिने छ ।

त्यसै गरेर बैठकमा अध्यक्ष झलनाथ खनालले भोली बिहीबारदेखि गर्न लागेको भारत भ्रमणका बिषयमा समेत छलफल भएको छ । खनाल उपचारका लागि भन्दै बिहीबार भारत भ्रमणमा जाँदै छन् ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै शान्ति र संविधानका बिषयमा भएका प्रयासहरुका बिषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया