नेपाल बाहिरियो

दुबई, ७ चैत । श्रीलङ्कामा यसै वर्ष सञ्चालन हुने आइसिसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनोट हुन असफल भएको छ । दुबईमा जारी विश्वस्तरको छनोटअन्तर्गत मङ्गलबार भएको खेलमा क्यानाडासँग १८ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
समूहका शीर्ष तीन टिम छनोट होडमा रहने भए पनि समूह ‘ए’ मा रहेको नेपाल भने पाँचौं स्थानमा सीमित भएको हो । यसरी प्रतियोगितामा नेपालले सेमिफाइनल प्ले-अफ खेल्ने अवसर पनि गुमाएको हो । समूहमा शीर्षस्थान पाउने अफगानिस्तानले फाइनल खेल्ने अवसर पाएको छ भने दोस्रो र तेस्रो स्थान पाउने टोली क्रमशः नेदरल्यान्ड्स र क्यानाडाले सेमिफाइनल प्ले-अफ  खेल्नेछन् ।
समूह ‘ए’ मा अफगानिस्तान १४ अङ्कसहित पहिलो स्थानमा रहयो भने नेदरल्यान्ड्स १२ अङ्कसहित दोस्रो स्थानमा कायम रहयो । अन्तिम खेलमा नेपाललाई पराजित गरेपछि क्यानाडा १० अङ्कसहित तेस्रो भयो । पपुवा न्युगिनी रनरेटमा नेपाललाई पछि पार्दै चौथो भयो भने ६ अङ्क रहेको नेपाल पाँचांै स्थानमा रहयो । सात खेलमा नेपालले डेनमार्क, हङकङ र बर्मुडामाथि जित हात पार्‍यो । यसैगरी अफगानिस्तान, नेदरल्यान्ड्स, क्यानाडा र पपुवा न्युगिनीसँग नेपाल पराजित भयो । समूह ‘ए’ मा पहिलो स्थान पाउने अफगानिस्तानले टी-२० विश्वकप प्रवेशका लागि समूह ‘बी’ को विजेता नामिबियासँग खेल्नेछ । नामिबियाले १४ अङ्क जोडयो भने १२ अङ्क रहेको आयरल्यान्ड दोस्रो स्थानमा सीमित भयो । केन्यालाई रनरेटमा पछि पार्दै स्कटल्यान्ड तेस्रो भयो । यसअघि गत वर्ष आइसिसीले दुई एसोसिएट तथा एफिलिएटेड सदस्यलाई टी-२० विश्वकपमा समावेश गर्ने निर्णय गरेको थियो । यसकारण नेपालजस्ता टोलीलाई विश्वकप खेल्ने अवसरको ढोका खुलेको थियो ।
मङ्गलबार सारजाहमा भएको खेलमा १ सय २ रनको विजयलक्ष्य पाएको नेपाल जुनेद सिद्धिकीको धारिलो बलिङका सामु निरीह सावित भएपछि १८.२ ओभरमा अलआउट हुँदै ८३ रनमा सीमित भएको हो । सिद्धिकीले चार ओभरमा १३ रन खचिर्ंदै नेपालका तीन प्रमुख ब्याट्सम्यान आउट गरे । उनले अनील मण्डल -१५), पृथु बास्कोटा -२) र वसन्त रेग्मी -०) लाई आउट गरे । पारस खड्का -२) लाई जाहिद हुसेनले बोल्ड गरे । प्रदीप ऐरी ८ रनमा रनआउट भए । ६ रन बनाएका ज्ञानेन्द्र मल्ललाई हरवीर वैद्वानले आप\mनो स्पेलको पहिलो बलमा नै आउट गरे ।
शक्ति गौचन र शरद भेषवाकरले आठांै विकेटका लागि १७ रनको साझेदारी गरेपछि नेपाललाई जितका लागि १८ बलमा २५ रन आवश्यक थियो । १८ आंै ओभरमा हान्स्राले दुई रन मात्र खर्चे भने त्यसै ओभरमा शक्ति नौ रनमा रनआउट भए । चन्द्र साउद छिटो गतिमा रन लिने प्रयासमा एक रनमा रनआउट भएपछि खेल क्यानाडाको पक्षमा मोडिएको थियो । नेपाली टोलीका लागि सर्वाधिक रन प्रहार गरेका शरद ३५ बलमा २८ रन जोडेपछि अन्तिम विकेटको रूपमा रनआउट भएका थिए । समूहमा तेस्रो स्थान पाउनका लागि १२ ओभरमा नै जित आवश्यक परेको नेपाल त्यस समयसम्म प्रतियोगिताबाट बाहिरिइसकेको थियो । क्यानाडाका होन्स्राले तीन ओभरमा १५ रन खचिर्ंदै परेस लोहनी -६) को विकेट लिए । जाहिद हुसेनले ४ ओभरमा ११ रन खर्चे । वैद्वानले ३.२ ओभरमा १९ रन खर्चे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडा नेपाली बलरका सामु निरीह सावित भएको थियो । क्यानाडाले आठ विकेटको क्षतिमा १ सय १ रनको योगफल खडा गरेको थियो । क्यानाडाका जिम्मी हन्स्राले सर्वाधिक २९ रन जोडे । ३४ बलको सामना गरेका हन्स्राले एक छक्का प्रहार गरे । रिज्वान चिमाले तीन चौकाको मद्दतले १० बलमा १५ रन जोडे । उनलाई शक्ति गौचनले बोल्ड गरे । नीतीश कुमारले १५ बलमा ११ रन जोडे भने हिरल पटेलले ढिलो गतिमा ब्याटिङ गर्दै २२ बलमा १३ रन मात्र जोडे ।
नेपालका चन्द्र साउदले रवीन्द्र गुणसेकरा -१) र हेन्री ओन्साइड -१) लाई आउट गरे पनि उनी महङ्गो सावित भए । पारस खड्काले चार ओभरमा १५ रन खचिर्ंदै दुई विकेट लिए । शक्ति गौचन र वसन्त रेग्मी दुवैले चार ओभरमा १७ रन खचिर्ंदै एक विकेट लिए । सन्जम रेग्मीले चार ओभरमा २२ रन खर्चे पनि कुनै विकेट लिन सकेनन् ।

प्रतिक्रिया