शंकरको प्रश्न सम्झनाको उत्तर

सम्झना बुढाथोकी, मोडल

शङ्करः ब्वाइफ्रेन्डले प्रेमप्रस्ताव राख्दा कस्तो अनुभव हुन्छ ?
सम्झनाः त्यो सिचुएसनअनुसार भर पर्छ । उसले कस्तो तरिकाले प्रेमप्रस्ताव अगाडि सार्छ, त्यहीअनुरूप मनमा अनुभूति उब्जन्छ ।
शङ्करः केटीहरू किन केटाभन्दा धोकेबाज हुन्छन् ?
सम्झनाः मलाई त त्यस्तो केही लाग्दैन । सायद दाइलाई त्यस्तो परेको भएर यस्तो लागेको होला ।
शङ्करः माया ठूलो कि पैसा ?
सम्झनाः दुवै ठाउमा दुवै ठूलो । मायाले मात्र बाच्न पुग्दैन । पैसा पनि चाहिन्छ । पैसाबिनाको माया त्यति टिक्दैनजस्तो लाग्छ मलाई, किनकि अभावमा बा“च्न गाह्रो पर्छ ।
शङ्करः तपाईंलाई मनपर्ने म्युजिकभिडियो, निर्देशक र मोडल कुन–कुन हुन् ।
सम्झनाः मलाई मनपर्ने मेरो पहिलो म्युजिक भिडियो सुपारी चाम्रो बोलको हो । मन पर्ने निर्देशकचाहि“ शङ्कर बिसी । मोडलको नाम लिनुपर्दा विजयजङ्ग थापा ।
शङ्करः अचेल केटीहरू छोटा लुगा लगाउनतिर अग्रसर देखिन्छन् नि, किन होला ?
सम्झनाः यो अहिलेको जेनेरेसनअनुसारको लुगा हो । यो जेनेरेसनले आफूलाई आकर्षक देखाउने खालको लुगा लगाउछ, त्यो लामो–छोटो जस्तो पनि हुन सक्छ । त्यसले फरक पार्दैन ।
शङ्करः गीत गाउनुपरे कस्तो छान्नुहुन्छ ?
सम्झनाः मलाई रोमान्टिक गीत मन पर्छ । त्यस्तै छान्छु, त्यस्तै गाउछु ।
शङ्करः बलिउड चलचित्रमा अफर आए अनि हिरो पनि छान्ने अधिकार दिइए कसलाई रोज्नुहुन्छ ?
सम्झनाः त्यस्तो अफर आए निश्चय नै बलिउडका सुपरस्टार सलमान अनि साहरूख खानसग नै गर्छु । सानातिनासग काम गरेर पाएको अवसर किन गुमाउनु नि †
शंकर बिसी, म्युजिक भिडियो निर्देशक

प्रतिक्रिया